यी ६ खानेकुरा पकाउनु अघि कहिल्यै नपखाल्नु होस्



Download our app to get more features

समान्यतया हरेक खानेकुरा पकाउनु अघि त्यसमा भएका ब्याक्टेरिया नष्ट हुनेगरी पखाल्न चिकित्सक तथा पौष्टिकविद्हरुले सुझाव दिन्छन् । तर, यहाँ केही यस्ता खानाको नाम दिएको छ जुन पकाउनु अघि नपखाल्न उनीहरुको सुझाब छ । यी खाने कुरा पखालेमा त्यसमा भएको पौष्टिक तत्व नष्ट हुने र ब्यक्टेरिया पनि सक्रिय हुने उनीहरुको चेतावनी छ । 

चिकेन
कुखुराको मासु पकाउनु अघि पखाल्ने गर्नुहुन्छ भने आजैदेखि त्यसो नगर्न चिकित्सकहरुको सुझाव छ । यसरी कुखुराको मासु पखाल्दा ब्याक्टेरिया त जाला तर मासुमा भएको पौष्टिक तत्व पनि पखालिने उनीहरुको भनाई छ । साथै कुखुराको मासुमा भएको ब्याक्टेरिया भान्साकोठा भर फैलने उनीहरुको चेतावनी छ । यसकारण मासुलाई सिधै पकाउँदा त्यसमा भएका सबै किटाणु नष्ट हुने उनीहरु बताउँछन् । 

रातो मासु
कुखुराको मासु जस्तै रातो मासु पनि नपखाल्न चिकित्सकको सुझाव छ । कतिपयले मासुलाई मिठो बनाउन सुरुमै मसलाहरु राखेर मोल्ने वा बफ्याउने पनि गर्छन । यस्तो पनि नगर्न उनीहरुको आग्रह छ । बफ्याउँदा मासुमा भएका ब्याक्टेरिया भान्साघर भर फैलनसक्ने चिकित्सकहरुले जनाएका छन् । यदि रातो मासुलाई ब्याक्टेरियामुक्त नै बनाउने हो भने केही समय फ्रिजमा राख्न सकिनेछ । 

सलाद
सलादलाई पनि नपखाल्न चिकित्सकहरुको सुझाव छ । सलाद बनाउनु अघि नै फलफुल तथा सागसब्जी पखालिने भएकाले यसलाई फेरि पखाल्न जरुरी छैन । यसो गर्दा पानी र समयको पनि बचत हुनेछ । 

च्याउ
मासु जस्तंै च्याउलाई पनि नपखालिकन प्रयोग गर्न पौष्टिकविद्हरुको सुझाव छ । च्याउलाई पखालेर पकाउँदा त्यसको स्वाद नै अलग हुनुको साथै पौष्टिक तत्व पनि नष्ट हुनेछ । यदि च्याउलाई सफा नै गर्ने हो भने सफा कागज वा कपडाले पुछ्न सकिनेछ । 

अण्डा
हुनतः धेरैले अण्डा पकाउनु अघि पखाल्दैनन् तर पनि कतिपयको बजारबाट किनेर ल्याउना साथै सबै अण्डा पखाल्ने बानी हुन्छ । अण्डा कुखुराको पेटबाट निस्कन्छ, कस्तो ठाउँमा खस्छ भन्ने पनि गर्छन् । तर, व्यवसायीक रुपमा अण्डा बिक्री गर्नेहरुले मानव स्वास्थ्यमा असर नपर्ने गरी अण्डाको व्यवस्थापन गरेका हुन्छन् । उनीहरुले अण्डालाई बजारमा पठाउनु अघि तातो पानी र साबुनले धोएका हुन्छन् । यस्तो अण्डा पुनः पखाल्नु जरुरी हुँदैन । साथै अण्डाको बाहिर भागमा यस्तो प्राकृतिक तत्व हुन्छ जसले भित्रसम्म ब्याक्टेरिया पुग्नै दिदैैन ।  

पास्ता
धेरै मानिस पास्ता पखाउनु अघि त्यसलाई पखाल्ने गर्छन तर यो सबै भन्दा ठूलो गल्ती हो । बजारमा पठाउनु अघि पास्ताको बाहिरी भागमा पौष्टिक तत्वहरु राखेर पठाउने गरिन्छ । यदि पकाउनु अघि पास्तालाई पखाल्ने हो भने त्यसमा भएका पौष्टिक तत्व पनि नष्ट हुने खाद्य्यविद्हरुको भनाइ छ । 

स्रोतः रिडर डाइजेष्ट
 

Last modified on 2018-10-25 13:34:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts