बेनीमा मुटुरोग पीडितलाई मिजार समाजद्वारा सहयोग 



Download our app to get more features

बेनी, ८ कात्तिक । मुटु, पित्त र कलेजोमा गम्भीर समस्या भई उपचाररत बेनी नगरपालिका–९ की सपना मिजारलाई आर्थिक सहयोग प्राप्त भएको छ । 

शहीद गङ्गालाल अस्पतालमा मुटु र पित्त तथा शिक्षण अस्पतालमा कलेजोको शल्यक्रियापश्चात् नियमित अस्पतालको सम्पर्कमा रहेर उपचार गराइरहनुभएकी १३ वर्षीया मिजारको उपचारमा सहयोग प¥याउने उद्देश्यले म्याग्दीस्थित मिजार समाजले रु २० हजार १५५सहयोग गरेको हो । 

बुधबार बेनीमा आयोजित एक कार्यक्रममा समाजका अध्यक्ष सुकलाल किसानले पीडित मिजार र उनका आमा नैना मिजारलाई सो रकम प्रदान गरेका थिए । 

आफन्तको सहयोग र चन्दा सङ्कलन गरी शल्यक्रिया हुँदैआए पनि नियमित रूपमा अस्पतालमा पुगेर उपचार गराइरहनुपर्ने भएकाले राहतका लागि सहयोग गरिएको अध्यक्ष किसानले बताए  । 

घरमुली बुबाको निधन भएको र आमासमेत अपाङ्गता रहेका कारण सपनाको नियमित उपचारमा समस्या भएकाले थप सहयोगका लागि समाजले आह्वान गरेको छ । सपना घरपरिवारकी जेठी छोरी हुन् । उनका दुई भाइ छन् । शल्यक्रियापश्चात् उनको अवस्था सामान्य रहे पनि एक वर्षसम्म हरेक महीना अस्पतालमा पुगेर उपचार गराइरहनुपर्ने सल्लाह चिकित्सकले दिएको सपनाकी आमा नैना मिजारले बताइन । 

साहित्यकार पौडेलको जीवनगाथा ‘स्मृतिग्रन्थ’ विमोचन 

म्याग्दीका अग्रज कवि तथा पण्डित स्व प्रेमप्रकाश पौडेलको प्रथम वार्षिकीको अवसरमा ‘स्मृतिग्रन्थ’ स्मारिका विमोचन गरिएको छ । स्व पौडेलको जीवनगाथालाई समेटेर उहाँका छोरा गोविन्द, मनोज र ठाकुरले स्मृतिग्रन्थ स्मारिका प्रकाशन गरेकोे हो । 

स्व पौडेलको प्रथम पितृ कार्यका दिन बुधबार बेनीस्थित कुरिलाखर्कमा आयोजित कार्यक्रममा हिन्दू धर्मका अभियान्ता किशोर गौतमले लोकार्पण गरेको सो स्मृतिग्रन्थमा पौडेलले साहित्य, राजनीति, धार्मिक, शैक्षिक र सामाजिक क्षेत्रमा पु¥याउनुभएको योगदानलाई चर्चा गरिएको छ । 

बेनी नगरपालिका–५ ढाँणपानीमा विसं १९९७ मा जन्मिएर २०७४ असोज १८ गते स्वर्गारोहण हुनुभएका पौडेलले सपना र मातृभूमि खण्डकाब्य, चन्द्रे शोककाब्य पुस्तक प्रकाशन गर्नुका साथै शिक्षण पेशामा ४३ वर्षसम्म बिताएका  थियो ।

रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts