प्रधानमन्त्रीको सन्देशः म अस्पतालबाट छिट्टै फर्कन्छु



Download our app to get more features

काठमाडौं,१३ कातिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा पहिलोपटक सार्वजानिक प्रतिक्रिया दिएका छन् । उनले एक सन्देश जारी गर्दै आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न  सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

“चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ” प्रधानमन्त्री ओलीले सन्देशमा अघि उल्लेख गरेका छन्, “विगतमा झैं समग्र देशवासी दिदीबहिनी–दाजुभाईहरुको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु । ”

प्रधानमन्त्री ओलीले  केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गरेका छन् । 

प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन् । “सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहिन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारवाजीको मलाई जानकारी छ । यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।”

प्रधानमन्त्री ओलीले सन्देशमा  मौसमी रुखाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफू  त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइ रहेको पनि उल्लेख गरेका छन् । 

आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता गर्ने राष्टकपति,उपराष्ट्रपति,दलका नेता, संवैधानिक अंग विदेशी कुटनीतिक नियोग,कर्मचारी लगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्य लाभको कामना गर्नेहरुलाई प्रधानमन्त्री ओलीले धन्वयाद ज्ञापन गरेका छन् । 

Last modified on 2018-10-31 07:33:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts