मेडिकल स्टोरमा औषधि छः ढुवानी खर्च छैन



Download our app to get more features

काठमाडौं १४ कात्तिक  । सरकारी बेवास्ताका कारण स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव भएको पाइएको छ । तर, मेडिकल स्टोरमा भने अत्यावश्यक औषधिको मौजाद प्रशस्त रहेको छ । मेडिकल स्टोरहरुका अनुसार अत्यावश्यक औषधिको मौजाद पुग्दो मात्रामा छ । उनिहरुका अनुसार औषधि भण्डारण गर्ने मेडिकल स्टोर देखि सम्बन्धित स्वास्थ्य संस्थामा पुर्याउन ढुवानी खर्च नभएकाले केहि जिल्लाका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव भएको हो । 

गत चौमासिकमा बिभिन्न शीर्षकबाट ढुवानी खर्च निकालेर औषधि स्वास्थ्य संस्थामा पठाएको भएपनि यो चौमासिकमा औषधि पठाउन नसकिएको विराटनगर मेडिकल स्टोरका प्रमुख भरत शाहले बताए । उनले साउनदेखि हाल सम्म बजेट नभएका कारण औषधिको ढुवानी गर्न नसकिएको बताए । गत चौमासिकको मात्रै १० लाख रुपैया औषधि ढुवानीको रकम तिर्न बाँकी रहेको छ । संघियता कार्यान्वयनसँगै मेडिकल स्टोर प्रदेश सरकार मातहत गएको छ ।  

संघीय मन्त्रालय र प्रदेश सरकार मौन
मेडिकल स्टोर प्रमुखहरुले प्रदेश सरकार र संघीय सरकार औषधि ढुवानीका विषयमा मौन रहेको गुनासो गरे । विराटनगर स्टोरमा प्रमुख शाहले यही अवस्थामा जनताले स्वास्थ्य सेवा पाउन नसक्ने बताए । औषधि ढुवानीबापत सरकारले मेडिकल स्टोरहरुलाई वार्षिक ५० लाख रुपैयाँ माथि उपलब्ध गराउँदै आएकोमा यसवर्ष एक रुपैयाँ पनि दिएको छैन । ढुवानी खर्च नहुँदा मेडिकल स्टोरमै करोडौका औषधि खेर जाने अवस्थामा पुगेका छन् । 

नेपालगञ्ज मेडिकल स्टोरका प्रमुख डिल्लीराज पोखरेल औषधि ढुवानीमा व्यापक समस्या भएको बताउँछन् । उनका अनुसार गतवर्ष नेपालगञ्ज मेडिकल स्टोरलाई सरकारले ६५ लाख रुपैयाँ ढुवानी खर्च दिएकोमा यसवर्ष दिएको छैन । पोखरेलले ढुवानी खर्च उपलब्ध नभएपनि औषधि वितरणमा हालसम्म समस्या नभएको बताए । उनले भने, ‘सरकारले ढुवानी खर्च दिएको छै्रन । तर, अत्यावश्यक औषधि भएकाले नगरपालीकाहरुले आफै खर्च व्यहोरेर हाल सम्म लगेको अवस्था छ । केही स्वास्थ्य सस्थामा भने समस्या देखिएको छ ।’

Last modified on 2018-10-31 14:01:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts