प्रधानामन्त्रीले अस्पतालबाटै थाले काम



Download our app to get more features

काठमाण्डौ, १४ कात्तिक । स्वास्थ्यमा केही सुधार आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा काम सुरु गरेको अस्पतालले जनाएको छ । 

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली आज अनौपचारिक बैठकमा सहभागी भएका हुन । प्रधानमन्त्रीको उपचारमा संलग्न मुटुरोग विशेषज्ञ तथा सेन्टरका कार्डियोलोजी विभाग प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीले प्रधानमन्त्री ओलीले आज बिहान उपप्रधानान्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री राम बहादुर थापासँग छलफल गरेको जानकारी दिए । एन्टिवायोटिक औषधिको कोर्स पूरा नभएसम्म प्रधानमन्त्रीलाई केही दिन अस्पतालमा नै विशेष निगरानीमा राखिने उनले बताए । 

अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा आएको सुधारले आफुहरुको अनुहारमा खुशी छाएको बताए । प्रधानमन्त्रीको उपचारमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको कार्डियोलोजी विभागका प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीको नेतृत्वमा डाक्टर दिव्या सिंह शाह र डाक्टर सन्तकुमार दास सम्मिलित टोली संलग्न छ । 

Last modified on 2018-10-31 13:39:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts