उद्योगीलाई तत्काल रिहा नगरे देशभर औषधि उत्पादन र बिक्रि ठप्प पारिने

What's This?


Download our app to get more features

फागुन २२, काठमाण्डौ । सरकारले तोकेभन्दा अधिक मूल्यमा औषधि बिक्रि गरेको आरोपमा पक्राउ गरिएका उद्योगीहरुलाई तत्काल रिहा नगरे देशभर औषधिको उत्पादन र बिक्रिवितरण ठप्प पार्ने औषधि उत्पादकहरुले चेतावनी दिएका छन् । 
औषधि उत्पादक संघले शनिवार विज्ञप्ति जारी गर्दै उद्योगीमाथिको धरपकड अपमानजनक र सुनुयोजित भएको दावी गरेको छ ।  नाकाबन्दी एवं इन्धन अभावका कारण उत्पादन मूल्य बढ्दाका बाबजुत पनि साविककै मूल्यमा औषधि बिक्रि गर्दा समेत सरकारले उल्टो अपमानजनक व्यवहार प्रदर्शन गरेको संघको गुनासो छ । 'सरकारले उद्योगका लागि न्यूनतम आवश्यक बिजुली दिन नसक्ने, डिजल लगायत इन्धन किन्न खोज्दा त्यो पनि उपलब्ध गराउन नसक्ने र उद्योगी व्यवसायीहरुले साविकको भन्दा तीन गुणा बढी मूल्यमा किनेको इन्धनबाट उच्च लागतमा उत्पादन गरेका औषधि लागतभन्दा कम मूल्यमा बेच्न जबरजस्ती बाध्य पारिने कार्यले औषधि उद्योगहरु सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको छ ।' विज्ञप्तिमा उल्लेख छ । 
संघले पक्राउ गरिएका उद्योगीलाई तत्काल रिहा गरी औषधिको मूल्य निर्धारण सन्दर्भमा निजी क्षेत्र सहितको सहभागितामा अधिकार सम्पन्न आयोग बनाइ विवाद समाधान गर्न सरकारसँग माग गरेको छ ।  संघले तत्कालका लागि साविककै मूल्यमा औषधि बेच्न पाउनुपर्ने माग समेत अघि सारेको छ ।

Last modified on 2016-03-05 10:40:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts