आयुर्वेदको विकास नहुनुमा शोध र अनुशन्धान नै कमजोरः स्वास्थ्यमन्त्री यादव



Download our app to get more features

काठमाडौ, १९ कार्तिक । मुलुककै केन्द्रीय आयुर्वेद चिकित्सालय नरदेवी अस्पतालले शतवार्षिकोत्सव, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती एकैसाथ मनाएको छ । 

चिकित्सालयको प्रांगणमा आयोजित औपचारिक कार्यक्रममा स्वास्थ्यको कार्यक्रममा खासै नजाने स्वास्थ्यमन्त्री उपेन्द्र यादव समेत पुगेका थिए । उनले सरकारले आयुर्वेदलाई प्राथमिकताका साथ अगाडि बढाउने र नेपालमा उत्पादन भएका जडिबुटीलाई सहि रुपमा प्रवद्र्धन गर्ने आश्वासन दिए । उनले आयुर्वेदिक उपचार प्रणालीलाई आगामी दिनमा स्तरीय तरिकाले अगाडि बढाउनु पर्ने धारणा राखे । सरकारले आयुर्वेदलाई ७ प्रदेशमा प्रादेशिक स्तरको आयुर्वेदिक अस्पताल परीक्षणको रुपमा अगाडि बढाउने योजना तयार गरेको बताए ।

उनले आयुर्वेदको विकास नहुनुमा शोध अनुसन्धानमा नै कमजोरी भएको जिकिर गरे । नसर्ने रोग बढिरहेका बेला आयुर्वेद, प्राकृतिक चिकित्सालय र योगले मुख्य भमिका खेल्न सक्ने भएकोले अनुसन्धान र खोज गदै अगाडि बढ्ने कार्ययोजना बनाइएको बताए । नेपाल जडिबुटी भएको देश भएर पनि आयुर्वेदको अनुसन्धान र विकासमा केहि गर्न नसकेकोमा बाहिरी मुलुकले समेत चिन्ता ब्यतm गर्ने गरेको यादवले स्मरण गरे । उनले बाहिरी मुलुक आयुर्वेदका क्षेत्रमा लगानी गर्न तयार रहेको समेत दावी गरे ।

कार्यक्रममा उद्घाटन र शिलन्यासह?कै जिम्मा पाएका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव पनि सहभागी भए । नरदेवी चिकित्सालय पुगेर उनले अस्पतालको प्रवद्र्धनका लागि मास्टर प्लान बनाउने जिकिर गरे ।

आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेदलाई धुलो खाने औषधि भनेर हेयका दृष्टिले हेरिएको गुनासो गरे । उनले आयुर्वेद भनेको मनुष्य जीवनको सम्पूर्ण स्वास्थ्य भएको बताए । संविधानले तोकेको जनस्वास्थ्य सेवा अन्र्तगत आयुर्वेदका विभिन्न जेष्ठ नागरीक कार्यक्रम ,योग प्राकुतिक चिकित्सा लगायत विषय राखिएकोमा उनले सन्तोष व्यक्त गरे ।
 

Last modified on 2018-11-06 06:35:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts