जब निशाको बन्द भएको मुख खोलियो...



Download our app to get more features

काठमाडौं, २० कात्तिक । काभ्रेकी निशा राना मगरको ११ वर्ष अगाडि साथीसँग खेल्ने क्रममा लडेर मुखमा गम्भीर चोट लाग्यो । लामो समयको उपचारपछि घाउ ठिक त भयो तर, क्रमश उनको मुख बन्द हुदै गयो । हाल निसा १९ वर्षकी भईन । उनको नेपाल मेडिकल कलेज जोरपार्टीमा दन्तरोग विशेज्ञ डा. निरज पन्तको टोलीले उपचारपछि बन्द भएको मुख खोलिदिएको छ । 

बन्द मुख यसरी खोलियो 
ट्रमाको समस्याले गर्दा क्रमश बन्द हुदै गएको मुख बोल्न र खानेकुराहरु निल्न नसक्ने अवस्थामा पुगेको थियो । चिकित्सकीय भाषामा यस्तो समस्यालाई यङ्कायोलोसिस भनिन्छ । दुर्लभ रुपमा हुने यस्तो समस्याको नेपाल सहज समाधान गर्न सक्नु चौनौतिको विषय भएको उिपचारमा संलग्न चिकित्सकले बताए । डा.पन्तका अनुसार उनको मुख खुल्दैन थियो । भित्र भित्र आवाज आउथ्यो । खानेकुराहरु झोलमात्रै निल्न सक्ने अवस्था थियो । खानेकुराको स्वाद थाहा पाउन त सम्भव नै थिएन । उनको सोमबार सफलता पूर्वक शल्यक्रिया गरिएको हो। 

नयाँ जीवन पाएँ 
बोल्न र सामान्य खानेकुरा खान समेत नसक्ने अवस्थामा पुगेकी निसा शल्यक्रिया पछि नयाँ जीवन पाएकोमा दङ्ग छिन् । धेरै अस्पताल चाहार्दा पनि समस्या समाधान नभएको मा उनलाई चिन्ता लागेको थियो । निशा बिगतमा झै बोल्न र सामान्य खानपान गर्नसक्ने भएकी छिन् । उनको उपचार डा. निरज पन्त डा. कुशल बिम्व डा.अन्जनी भट्टराई र डा. सुमित कुमार सिंहको टोलीले गरेको हो । 

Last modified on 2018-11-07 09:28:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts