भाइटिका विशेष

ओखर : स्वास्थ्यका लागि फाइदै फाइदा



Download our app to get more features

तिहारमा दिदी बहिनीले दाजुभाइलाई उपहारको साथमा बदाम काजु पेस्ता किसमिस ओखर फलफुल लगायत सामाग्री प्रदान गर्ने गर्छन् । स्वास्थ्यका लागि निकै फइदाजनक पनि छन् ।
ओखरले वायुलाई नाश गर्ने भएकोले वायुसँग सम्बन्धित रोग नियन्त्रण गर्छ । ओखरलाई ‘ब्रेन फुड’ भनेर पनि भनिन्छ । जसले मस्तिष्कलाई स्वस्थ्य राख्न सहयोग गर्छ । साथै यसले रक्तप्रवाहलाई नियमित गराउँछ  । यसमा अधिक मात्रामा पोषक तत्व पाइन्छ ।

ओखरमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी एसिड हुन्छ । यसमा भिटामिन ए, बि ६, बि १२, सि, डि, इ र के पाइन्छ । यो प्रोटिनको पनि राम्रो स्रोत हो । यसका साथै क्याल्सियम, मिनरल्स, म्यानेसियम, आइरन, फस्फोरस, जिंक, कपर प्रचुर मात्रामा पाइन्छ । यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो । यसले मांशपेशी बढाउन सहयोग गर्छ ।
हड्डीका लागि क्याल्सियम एकदमै जरुरी हुने भएकोले ओखरमा फोलेट वा फालिक एसिड पाइने भएकोले मस्तिष्कलाई स्वस्थ्य राख्छ । ओमेगा ३ फ्याटी एसिड मुटुलाई स्वस्थ्य राख्नका लागि सहयोगी हुन्छ ।
ओखरको आकार हाम्रो मस्तिष्क जस्तै हुन्छ । र, यसको सेवनले मस्तिष्कलाई स्वस्थ्य राख्छ । खासगरी विद्यार्थीको मस्तिष्क तेज, चुस्त राख्न, स्मरण शक्ति बढाउन नियमित रुपमा ओखर सेवन गर्नु राम्रो मानिन्छ ।
ओखरमा केही शक्तिशाली न्युरो प्रोटेक्टिभ कम्पाउन्ड पाइन्छ, जस्तो कि, भिटामिन इ, ओमेगा थ्रि फ्याटी एसिड, फोलेट, एन्टिअक्सिडेन्ट । यसले मस्तिष्कलाई सुरक्षा प्रदान गर्छ ।
बिहान र मध्यन्ह दुई वटा ओखर चपाएर खानुपर्छ, जसले कोलोस्ट्रोर नियन्त्रण गर्छ । मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ ।

यी हुन् ओखरका फाइदा

  • ओखर खाँदा पेट लामो समयसम्म भरिन्छ । यसले गर्दा छिटै भोक लाग्ने हुँदैन, फलत ओभर इटिङबाट बचाउँछ । तौल नियन्त्रणका लागि पनि ओखर सहि हुन्छ ।
  • ओखरको बोक्रा पिसेर त्यसले दाँत सफा गर्नुपर्छ, दाँत स्वस्थ्य र चम्किलो हुन्छ ।
  • मनतातो पानीसँग ओखर सेवन गर्दा जोर्नीको दुखाई समेत ठीक हुन्छ ।
  • शरीरमा बल बढाउँछ ।
  • महिलाको प्रजनन् स्वास्थ्य राम्रो हुन्छ ।
  • शरीर पोल्ने समस्या कम हुन्छ ।
  • पोषण तत्व कमीका कारण लाग्ने रोगको नियन्त्र हुन्छ ।
  • ओखरमा अम्ल गुण भएको हुने भएकोले दुध सँग सेवन नगर्नु राम्रो हुन्छ ।

प्रस्तुतिः ज्ञानु दुलाल

Last modified on 2018-11-10 16:58:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts