तिहारको बाँकी मिठाइ खाँदै हुनुहुन्छ ? यस्ता कुरामा ध्यान दिनुहोस्



Download our app to get more features

नेपालीको महत्वपूर्ण चाड तिहार भर्खरै सकिएको छ । चाड सकिए पनि तिहारका मिठाई तपाई हाम्रो घरमा सकिएको छैन । यिनै मिठाइ तथा परिकारलाई कयौं दिनसम्म पु¥याएर खाने योजनामा त हुनुहुन्न ? त्यसो हो भने यी कुरालाई ध्यान दिनुहोस् ।

तिहारलाई रंगीचङ्गी बत्ती र मिठाइको पर्वको रुपमा पनि लिने गरिन्छ । एकै दिन बनाएका मिठाइहरु धेरै दिनसम्म पु¥याएर खाने चलन पनि छ । तर यस्ता मिठाई सबै व्यक्तिका लागि उपयुक्त हुँदैन । तिहारमा बनाइने परिकारमा विशेषगरी चिल्लोको मात्रा अध्याधिक हुने गर्छ । सेल, अनरसा लगायतका मिठाइमा प्रयोग गरिएको तेल पुरानो हुँदै गएपछि स्वास्थ्यलाई असर पार्ने गर्छ । यस्ता परिकार दीर्घरोगीहरुले त झन् खानै हुँदैन । चिल्लोको कारण ग्यास्ट्रिक बढ्ने र धेरै क्यालोरीयुक्त खानाले तौलका साथै कोलेस्ट्रोल पनि बढ्ने गर्छ ।

साथै यस्ता पदार्थमा गुलियोको मात्रा धेरै नै हुने गर्छ । सेल फिनी जस्ता परिकार धेरै दिनसम्म राखेर खाँदा तेल खरिन्छ । खरिएको तेलले ग्यास्ट्रिक गराउँछ । अझ रोगी र बिरामी व्यक्तिले त यस्ता खानेकुरा खानै हुँदैन । 
यसकारण धेरै दिनको मिठाइ खानु हुँदैन

  • सेलरोटीमा गुलिएको मात्रा धेरै बढी नै हुन्छ । यस्ता खानेकुरा खाँदा रगतमा चिनीको स्तर बढ्छ ।
  • तेल घ्युमा तारेको खाना सेलरोटीले शरीरमा मधुमेहको मात्रा बढाउँछ ।
  • सेलमा चिल्लोको मात्रा धेरै हुने भएकोले क्यालोरी बढ्ने सम्भावना हुन्छ ।
  • सेलरोटीको पिठो घ्युमा मुछेर तेल वा घ्युमा पकाइन्छ यसरी बनाएइको सेल खाँदा कोलेस्ट्रोल बढ्ने हुन्छ ।

सुझाव

यदि सेल रोटी मिठाइ खानु परेमा स्वास्थ्यलाई विशेष ध्यान दिएर ठिक मात्रामा खानु राम्रो हुन्छ ।

Last modified on 2018-11-12 07:19:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts