कंगोमा इबोलाको प्रकोप, ज्यान गुमाउनेको संख्या  २ सय नाघ्यो 



Download our app to get more features

बीबसी ÷ प्रजातान्त्रिक गणतन्त्र कंगोमा हालै देखापरेको इबोला प्रकोपमा अहिलेसम्म २ सय भन्दा बढी मानिसको ज्यान गइसकेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन
ज्यान गुमाउनेहरू मध्ये करिब आधा मानिसहरू नर्थ किभु क्षेत्रको बेनी सहरका रहेका राष्ट्रिय स्वास्थ्य निकायले जनाएको छ ।
उक्त क्षेत्रमा करिब ८ लाख मानिसहरूको बसोबास रहेको छ । खोप कार्यक्रमले अहिलेसम्म २५ हजार मानिसहरूलाई खोप लगाइसकेको छ ।
आक्रान्त अवस्था
स्वास्थ्य मन्त्री ओली इलुङ्गाले सशस्त्र विद्रोही लडाकुहरूले स्वास्थ्य टोलीलाई दुर्व्यवहार गरिरहेको बताएका छन\
सेप्टेम्बर महिनामा, सशस्त्र विद्रोही समूहले धेरै घण्टासम्म हमला गरेकोले बेनीमा खोप कार्यक्रम स्थगित गरिएको थियो ।

वर्षौं लामो गृहयुद्ध र राजनीतिक उथलपुथलले कंगो आक्रान्त बनेको छ । गत जुलाईमा सुरु भएको इबोला अहिले कंगोमा प्रकोपको रुपमा देखापरेको छ ।
सन् १९७६ मा सुरुमा पत्ता लागेयता कंगोमा इबोला देखिएको यो १० औं पटक हो।
बाधा नपुर्याउन आह्वान
पछिल्लो विवरण अनुसार स्वास्थ्य मन्त्रीले अहिलेसम्म २ सय ९१ जनामा इबोला देखिएको र ती मध्ये २ सय १ जनाको मृत्युको पुष्टि भएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघका शान्तिसेनाहरूले इबोला भाइरसविरुद्ध काम गरिरहेका स्वास्थ्यकर्मीलाई बाधा नपुर्याउन सशस्त्र समूहहरूलाई आह्वान गरेका छन् । इलुङ्गाले शुक्रबार स्वास्थ्यकर्मीको टोलीले शारीरिक हमला र धम्की झेल्नुपरेको बताएका छन्।
साथै उनीहरूको सामान पटकपटक तोडफोड पनि गरिएको उनले बताए।

द्रूत सेवा दिर्ने यापिड रेस्पोन्स मेडिकल युनिटका दुई सहकर्मीले हमलाका क्रममा ज्यानैसमेत गुमाएको उनले बताए ।

Last modified on 2018-11-13 13:20:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts