छात्रवृत्ति चिकित्सक : सेवा, सम्झौता र व्यक्तित्व विकास


Download our app to get more features
Spark_health_home Birat Hospital

नेपाल जस्तो अल्पविकशीत मुलुकमा चिकित्सा शास्त्र अध्ययन गर्न पाउनु एक सर्वसाधारण नेपालीको लागी धेरै गाह्रो कुरा हो । यसलाई शौभाग्यकै रुपमा लिँदा पनि फरक पर्दैन । अधिकांश क्षेत्र ग्रामीण र गरिबीको रेखामुनी रहेका नेपालीले पुर्ण शुल्क तिरेर चिकित्सा शास्त्र अध्ययन गर्नु भनेको फलामको च्यूरा चपाए जस्तंै हो । यसको एक मात्रै विकल्प भनेको छात्रवृत्ति नै हो । 

जब एक सर्वसाधारण किसानको छोरा डाक्टर बन्ने सपना बोकेर शहर पस्छ, मेहनत गर्छ, छात्रावृत्तिमा नाम निकाल्छ उसको परिवारको लागि त्यो भन्दा ठुलो खुसी केही हुन सक्दैन । उसको अध्ययनका ५–६ वर्ष परिवारको खुसीसँगै भविष्यका रंगीन सपनाहरु बुन्दै बित्न थाल्छ । उसका सपनाहरु तब धुमिल हुन थाल्छन जब आफुसँगैको सहपाठीको अण्डरमा रहेर काम गर्नुपर्छ । पूरा पैसा तिरेर अध्ययन गरेको व्यक्ति पढाइ सकेर स्थायी रुपमा काम गर्न थाल्छ । तर छात्रवृत्तिमा अध्ययन गरेको व्यक्ति छात्रवृत्ति सम्झौता सकिने दिन गनेर बसिरहेको हुन्छ ।

vayoda

bp_ad

हुन त हामीले अन्यत्र भन्दा फरक ऐन कानुन सुन्दा अब आश्चर्य मान्न छाडिसक्यौं । किनकी आश्चर्य लाग्दा ऐन कानुन बन्नु र संसोधन हुन त हामीले दिनहुँ सुन्ने पढ्ने समाचारका हेडलाईन नै हुन् ।
यस्तै एउटा फरक प्रसंगको चर्चा छ मेडिकल छेत्रमा यतिबेला । प्रसंग एक प्रतिष्ठानमा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकको छात्रवृत्ति सम्झौताको हो । यो हो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर जहाँ छात्रवृत्तिमा अध्ययन गरेपश्चात चार वर्ष सेवा गर्नु पर्छ । अन्य कलेजमा भने जम्मा २ वर्ष सेवा गरे पुग्छ ।

ग्रामीण छेत्रको स्वास्थ्य सुधारसहित गतिशील सपना बोकेर स्थापना भएको यो संस्थाले मुलुकमै उत्कृष्ठ जनशक्ती उत्पादन गरिरहेको कुरामा कतै दुविधा छैन । उसले उत्पादन गरेको जनशक्तिले उदाहरणीय कार्य गरिरहेका र ख्याति कमाईरहेमा पनि कुनै संका छैन । उनीहरु नै भोलिका ग्रामीण स्वास्थ्यका खम्बाहरु पनि हुन् । किनकी ती विद्यार्थी तिनै समुदायबाट प्रतिनिधित्व गर्छन र पाठ्यक्रमा मुख्य प्राथामिकता ग्रामीण क्षेत्र नै छ । 
सरकारी नियम अनुसार छात्रवृत्ति करार सम्झौता अनुसार बढीमा २ वर्ष सम्मको तलब सुविधा सरकारले गर्ने व्यवस्था छ । त्यसपछिको सुविधाको लागी स्पष्ट नितिगत व्यवस्था छैन । यस्तो अदुरगामी नीतिले गर्दा यो वर्ष लोकसेवा आयोगमा नाम निकाल्दा पनि केहि चिकित्सक सरकारी सेवा प्रवेशबाट वञ्चित हुनु परेको खबर सुनिनु दुर्भाग्यको कुरा हो । यसप्रकार एक चिकित्सकले आफ्नो जीवनको अमुल्य उत्पादनशील समय सम्झौता मै बिताउन बाध्य भैरहेको छ ।   कतिपय राष्ट्रका नियममा त स्नातक पछि चार वर्ष भन्दा वढी ग्याप भएमा उच्च शिक्षा अध्ययनका लागि जटिल व्यवस्थाहरु छन् । यसो त नेपालमा उच्च शिक्षा हासिल गर्न चार वर्ष ग्रामीण क्षेत्रमा रहेर काम गरी सुविधायुक्त ठाउँमा बसी अध्ययन गरेका चिकित्सकसँग प्रतिस्पर्धा गर्नु अर्को ठुलो चुनौती हुन जान्छ ।

सो को व्यवस्थापनका लागि केही विकल्प बनाउन नसकिने चाहि होईन । जस्तोकी चार वर्ष दुर्गम छेत्रमा सेवा गराउनु नै पर्ने भए त्यस पछिको उच्च शिक्षाको लाही प्राथामिकता राखिनु, अध्ययनमा बाधा नपुग्ने गरी बाँकी सेवा अवधी पछि जोडिने गरी उच्च शिक्षा हासिल गर्ने व्यवस्था गरिनु आदि । अतः ग्रामीण स्वास्थ्यका महत्वपुर्ण आधार स्तम्भ चिकित्सकहरुको क्षमतावृद्धिसँगै व्यक्तित्व विकासमा ध्यान दिनु उत्तिकै जरुरी छ । सो को लागि छात्रवृत्तिमा अध्ययन पश्चात उनिहरुको वितरण र व्यवस्थापनसँग सम्बन्ध राख्ने सरोकारवाला पक्षले नीतिगत परिमार्जनसँगै समतामुलक पहलगर्नु आवश्यक देखिन्छ ।
 
(अधिकारी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा अध्ययनरत छन् )
 

Last modified on 2018-11-13 13:20:15

gch_ivf samyog_advertisement bathrog

Leave a Comment

NIdan Hospital tuberculosis

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts