पक्राउ परेका उद्योगी छुटाउन उद्योग वाणिज्य महासंघ र परिसंघको संयुक्त अपील

What's This?


Download our app to get more features

फागुन २२, काठमाण्डौ । लोमस फर्मास्युटिकल र देउराली जनता फर्मास्युटिकल प्रालिमा सरकारले छापा मारी सञ्चालकहरुलाई नियन्त्रणमा लिएको घटनालाई नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले  भत्र्सना गरेको छ । 
नाकाबन्दीले जर्जर भएर तंग्रिने अवस्थामा रहेका उद्योग व्यवसायीहरुमाथि प्रहरी प्रशासनको बलमा धरपकड गर्ने, नियन्त्रणमा लिने र मुद्दामामला लगाउने जस्ता कार्य गरि सरकारले उद्यमीहरुलाई त्रास देखाएको महासंघ र परिसंघको संयुक्त विज्ञप्तिमा लेखिएको छ । 
देश कठिन अवस्थाबाट गुज्रिरहेको समयमा यस्ता आतंकित पार्ने कदमले निजी क्षेत्र थप निरुत्साहित भएको निजी क्षेत्रको निश्कर्ष छ ।  'अप्रमाणित, एकोहोरो र भरपर्दो सूचना बिनानै एकतर्फी रुपमा धरपकड गर्नु कुनै पनि सामाजिक न्यायको सिद्धान्त अन्तर्गत पर्दैन । अर्वौको लगानी गरि हजारौंलाई रोजगारी दिएका तथा महासंघ र परिसंघको जिम्मेवार पदमा रहेका उद्यमीहरुलाई बिनाकुनै सूचना एवं प्रष्टिकरणको मौका समेत नदिई एकतर्फी रुपमा धरपकड गर्नाले कस्तो सन्देश जाला गम्भीर भएर सोच्न सरकारसँग आग्रह गर्दछौं ।' विज्ञप्तिमा भनिएको छ  ।
महासंघ र परिसंघले अनुगमनको निहुँमा उद्योग व्यवसायिक फर्ममाथि सुनियोजित किसिमले कार्वाही गर्ने तथा नियन्त्रणमा लिएर सरकारले सस्तो लोकप्रियता हासिल गर्न खोजेको आरोप लगाएको छ । सरकारले तत्काल उद्योगीलाई रिहा नगरे निजी क्षेत्र सशक्त आन्दोलनमा जाने संयुक्त विज्ञप्तिमा उल्लेख छ । 

Last modified on 2016-03-05 11:46:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts