स्वास्थ्य मन्त्रालयको काम प्रभावकारी बनाउन छुट्टै उपसमिति गठन



Download our app to get more features

काठमाडौं, ३ मंसिर । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति गठन गरेको छ । 

समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले स्वास्थ्य मन्त्रालयको कामलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या उपसमिति उपसमिति गठन गरेको हो । 

स्वास्थ्य मन्त्रालयको कामलाई प्रभावकारी बनाउन उपसमिति गठन गर्नु परेको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् । समितिले गठन गरेको स्वास्थ्य तथा जनसंख्या उपसमितिमा मनकुमारी जिसी, उमाकान्त चौंधरी, खगराज अधिकारी, गगनकुमार थापा, भैरवबहादुर सिंह, रेखा कुमारी र सन्तकुमार थारु रहेका छन् । 

बैठकमा समितिका सदस्यहरुले सरकारको कामलाई प्रभावकारी बनाउन कार्यसूचिनै तय गरेर उपसमितिलाई जिम्मेवारी दिनुपर्ने आवश्यक्ता औंल्याएका थिए । समितिका सदस्य गगनकुमार थापाले सरकारको कामलाई प्रभावकारी बनाउन उपसमितिलाई सक्रीय बनाउनुपर्नेमा जोड दिए ।

समितिका अर्का सदस्य खगराज अधिकारीले समितिले युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय खेलकुद परिषद, युवा परिषद, युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रित हुनुपर्नेमा जोड दिए ।

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका अधिकारीले शिक्षा र स्वास्थ्य सेवालाई सहज बनाउन पनि समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

Last modified on 2018-11-20 06:40:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts