स्वास्थ्य सेवा विभागका महानिर्देशक भन्छन्ः हामीलाई 'सरुवा विभाग' भन्दापनि हुन्छ



Download our app to get more features

काठमाण्डौ, ५ मंसिर । ३८ हजार कर्मचारीको सरुवा लिष्ट तयार गरिरहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले विवाद नआउनेगरी विस्तारै सरुवाको लिस्ट सार्वजानिक गर्ने बताएका छन् । 

यसअघिको सरुवा निर्णय तीव्र विवादमा आएसँगै योपटक विवाद न्यूनिकरण गर्नेगरी सरुवा सूचि निकालिने उनले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए । हजारौं कर्मचारीको सरुवा गर्नुपर्ने भएकाले विस्तृत अध्ययन गर्न समय लागेको र सबैको सरुवा लिस्ट सार्वजानिक हुन महिनादिन पनि लाग्न सक्ने उनले बताए । करिब ३८ हजार कर्मचारी मध्ये ३ सय जना नर्सको मात्र सरुवा सूचि सार्वजानिक गरिएको छ । यो ढिलासुस्तीले कहिले सकिन्छ भन्ने प्रश्नमा महानिर्देशक लोहनीले आफ्नो विभागको नामै सरुवा विभाग राख्नमात्र बाँकी रहेको प्रतिक्रिया दिए । उनले भने, 'म महानिर्देशक भएसँगै मैले भनेको थिएँ, हाम्रो काम नै सरुवा गर्नेमात्र भयो, त्यसैले नाम नै सरुवा विभाग राख्दा हुन्छ । ' 

समायोजन ऐन नबन्दा कर्मचारी व्यवस्थापनमा कठिनाई भएको र सरुवा प्रकृया पनि जटिल भएको बताए । सरुवा भएकाहरुको समूह अनुसार र सम्बन्धित कार्यालयमा चिठि पुगेसँगै विस्तारै सूचि प्रकाशित गर्दै जाने उनले बताए ।  

Last modified on 2018-11-22 06:00:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts