काठमाडौंकै आयुर्वेद औषधालयमा चिकित्सक र औषधि अभाव



Download our app to get more features

काठमाडौं, ५ मङ्सिर ।  वागमती अञ्चल आयुर्वेद औषधालय जयवागेश्वरीमा चिकित्सक र औषधिको अभावमा बिरामी उपचार नपाई फर्कने गरेका छन् । 

६ जना चिकित्सकको दरबन्दी रहेको औषधालयमा उपचार गर्न जाँदा कर्मचारी मात्र भेटिने गरेको बिरामीको गुनासोे छ । काजमा बसेका तल्लो तहको कर्मचारी मात्र कार्यालयमा बस्दा गुणस्तरीय चिकित्सकीय सुविधा पाउनबाट बिरामी वञ्चित हुनुपरेको उपचार नपाई फर्किएका योगकृष्ण वैद्यले बताए । 

आयुर्वेद औषधालयमा २२ प्रकारका औषधि निःशुल्क पाउने सरकारको नीतिगत निर्णय रहेपनि यो त्रिफला चूर्णसमेत पाइदैन । औषधालयका प्रमुख चिकित्सक डा. रुपेन्द्र पुरी बजेट अभावमा धेरै प्रकारका चूर्ण सकिएको बताउँछन् । ‘गत वर्षदेखि स्थानीय सरकारमार्फत् औषधालय सञ्चालन हुन थालेपछि दुईतिर काम गर्नुपर्ने भएकाले औषधालयमा चिकित्सक नभेटिएको हो, गतवर्ष काठमाडौँ महानगरपालिकाले औषधालय चलाएको थियो, यसवर्ष प्रदेश सरकारले सञ्चालन गर्ने भनिए पनि महानगरमार्फत् नै बजेट विनियोजन भएको छ’ उनले भने । 

एक जना कर्मचारी लामो बिदामा बसेको र एक जनाको दरबन्दी खाली रहेको औषधालयले जनाएको छ । औषधालयलाई वाग्मती अञ्चलमा सञ्चालन हुने आयुर्वेद क्लिनिक दर्ता लगायत नियमन गर्ने अधिकार समेत दिइएको छ । चाबहिलको ब्रह्मविज्ञान क्लिनिक तथा आयुर्वेद उपचार केन्द्रका वैद्य अर्पण बस्नेत पटक÷पटक धाउदा पनि कार्यालय प्रमुख नभेट्दा काम नभएको बताउँछन् । 

औषधालयमा आयुर्वेद विभागबाट केही औषधि आउने गरेको छ । बाँकी औषधि खरीद गर्न गतवर्ष महानगरपालिकाले तीन लाख बजेट छुट्याएको थियो । यसवर्ष तीन लाख विनियोजन भएको छ । विनियोजित बजेटबाट महानगरपालिकाले नै औषधि खरीद गरी औषधालयलाई दिने गरेको छ । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts