मुद्दाका बिषयमा छलफल गर्न स्वास्थ्य सचिव डा. चौधरीलाई सर्बोच्चले बोलायो 



Download our app to get more features

काठमाडौँ, ६ मंसिर । सर्वोच्च अदालतमा स्वास्थ्य सचिव डा. पुष्पा चौधरीविरुद्ध सरकारले हालेको भ्याकेटको विषयमा छलफल गर्न डा. चौधरीलाई बोलाएको छ ।  

डा. चौधरीले आफूलाई नियमविपरित सरकारले सरुवा गरेको भन्दै अदालतमा हालेको रिटको १६ कात्तिकमा अन्तरिम आदेश भएको थियो । सोहीविरुद्ध सरकारले पनि सर्बोच्चमा भ्याकेट हालेको थियो ।
सोही भ्याकेट निवेदनको विहीबार सुनुवाई गर्दै सर्बोच्चले डा. चौधरीलाई बोलाउने निर्णय गरको हो ।

न्यायधीशद्धय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना मल्ल प्रधानको संयुक्त इजलासले डा. चौधरीको नाममा सरकारले भ्याकेट हालेको जानकारी गराउँदै छलफलका लागि बोलाउने निर्णय गरेको हो । गत २८ असोजको मन्त्रिपरिषद्बैले डा. चौधरीलाई प्रधानमन्त्री कार्यालयमा तान्ने निर्णय गरेको थियो । सो निर्णयको विरोध गर्दै डा. चौधरी  सर्बोच्चमा गएकी थिइन । सर्बोच्चले १६ कात्तिकमा सरकारलाई सरुवाको निर्णय कार्यान्वनय नगर्न अन्तरिम आदेश र कारण देखाउ आदेश दिएको थियो । 

Last modified on 2018-11-23 08:39:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts