मन्त्रीको करिअरमा आँच आउन नदिने भन्दै वीर अस्पतालका डाक्टरले मागे माफी



Download our app to get more features

काठमाडौं, ७ मंसिर । चाकडी र घुस खुवाउन नसकेकाले राजीनामा दिएको भन्दै मिडियावाजी गरेका वीर अस्पतालका चिकित्सक डा. ध्रुवराज अधिकारीले अन्ततः स्वखण्डन गर्दै विज्ञप्ति सार्वजानिक गरेका छन् । 

सरुवा रोक्न पैसा मागेको भनेपनि उनले कसले पैसा मागेको भन्ने खुलाउन सकेका थिएनन् । उनीसँग घुस माग्ने मन्त्रिकै आसेपासे भएको धेरैले अड्कल गरेपछि अधिकारीलाई स्वास्थ्य मन्त्रालयले बिनाआधार मिडियाबाजी गरेको भन्दै कार्वाहीको तयारी गरेको थियो । मन्त्रालयको दबाबपछि उनले विज्ञप्तिमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको गुनगान गाएका छन् । उनले मन्त्रीको 'गौरवमय राजनीतिक करिअर'मा आँच ल्याउने उद्देश्य नभएको र मन्त्री, मन्त्रालयका अधिकारी कसैलाई आरोप नलगाएको बताएका छन् ।

डा. अधिकारीले यो समस्यालाई निजी समस्याको रुपमा लिन पनि सबैलाई अपील गरेका छन् । उनले राजीनामा पत्रमा को व्यक्तिाबाट चाकडी र घुस खोजेको उल्लेख नभएको भन्दै बिचौलीयलले पदस्थापन काठमाडौंमै मिलाई दिने भन्दै घुस मागेको दावी गरेका छन् । यद्यपि, घुस र चाकडी खोज्ने बिचौलीयाको पहिचान नभएको उनले जिकिर गरेका छन् ।

Last modified on 2018-11-24 07:09:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts