कृत्रिम दाँतको हेरचाह यसरी गर्नुहोस् (भिडियोसहित)



Download our app to get more features

दाँत सुन्दरताका लागि मात्रै नभएर खान, बोल्नको लागि पनि अति आवश्यक छ । यसकारण पनि वृद्धाअवस्थामा अथवा पुरै दाँत झरिसकेपछि पनि मानिसहरुले कृत्रिम दात राख्ने गर्छन । यसले धेरै मानिसलाई सहज पनि बनाएको छ । तर, कृत्रिम दाँत राखेपछि त्यसको राम्रो हेरचाह नगर्दा धेरै व्यक्तिले समस्या भएको गुनासो पनि गरेका छन् । वृद्धावस्थामा दाँत राख्दा आउन सक्ने समस्या र अपनाउनु पर्ने सावधानी बारे दन्त चिकित्सक डाक्टर हरिश जोशीको शुझाव यस्तो छ:-

कृतिम दाँत प्राकृतिक दाँत जस्तो सहज र आर्कषक हुदैन् । विविध समस्याले प्राकृतिक दाँत नरहेको अवस्थामा कृत्रिम दाँत राखिन्छ । यस्तो कृत्रिम दाँत राख्दा केही सावधानी भने अपनाउनु पर्छ नै । सावधानी नअपनाए त्यसले गम्भीर समस्या निम्त्याउन पनि सक्छ ।  

यस्ता समस्या आउन सक्छन्

कोही कोही व्यक्तिमा मेटल, सेरामिक, जिर्काेनिया वा जुन सामग्रीको दाँत राखिएको छ त्यसको मेटल वा एक्रलिक् एलर्जी हुन सक्छ । जसले मुखमा घाउखटिरा आउने दुख्ने, चिलाउने हुन्छ । दाँत राख्दा राम्रोसँग मिलेन, वा दाँत बनाउँदा सतर्कता अपनाइएन भने यसले गिजा, जिब्रो, ओठमा घाउ बनाउन सक्छ ।  

वृद्धावस्थामा स्वभावैले सरसफाईमा त्यति ध्यान जाँदैन । यस अवस्थामा परिवारको सदस्यको हरपल साथ सहयोग र हौसलाको आवश्यत्ता पर्छ । कृत्रिम दाँत राखिसकेपछि त्यसको सरसफाईमा ध्यान पु¥याउन सकिएन भने यसले दाँतमा मात्र नभएर गिजा, मुखमा असर गर्नुको साथै क्यान्सर समेत हुन सक्छ । 

कृत्रिम दाँतलाई दिगो र सफा राख्ने सबै भन्दा उत्तम उपाय भनेको नियमित सफाई, धेरै साह्रो कुरा नटोक्ने, चिकित्सकको सल्लाह बमोजिम दाँतको परीक्षण, खानपानमा ध्यान दिनुपर्छ । कृत्रिम दाँत राखिसकेपछि धुमपान, मध्यपान गर्ने, पान परागहरुको बढी सेवन गर्नु हुँदैन । यसले दाँत छिट्टै बिग्रन सक्छ ।

दाँत राख्दा ध्यान दिनुपर्ने अर्को कुरा दक्ष दन्त चिकित्सककोमा मात्र उपचार गराउनु हो । चिकित्सकले पनि बिरामीलाई पहिले दाँत वा मुखमा केही रोग थियो की, उसको आदत कस्तो छ, सबै कुरा राम्ररी बुझेर मात्र उपयुक्त दाँत राख्नुपर्छ । 

वृद्धवृद्धाको सन्दर्भमा परिवारका सदस्यहरुले दाँतको सफाईका बारेमा जानकारी गराइराख्ने, चिकित्सकले भने बमोजिम परीक्षणमा लगिदिने, स्वस्थ र सफा खाना दिने, ब्रस गर्न प्रोत्साहान गर्नुपर्छ ।

Last modified on 2019-03-11 06:48:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts