दाँतमा राखिने क्राउन के हो ? जानौं (भिडियोसहित)



Download our app to get more features

विभिन्न समस्याका कारण दाँतमा हुने खराबीलाई हटाएर स्वस्थ र शुन्दर बनाउन क्राउन राख्ने गरिन्छ । तर क्राउन राख्दैमा सबै ठिक वा शुन्दर हुने भने होइन । दाँतमा राख्ने क्राउन के हो ? क्राउन राख्दा ध्यान दिनुपर्ने कुरा के के हुन् भन्ने विषयमा दन्त चिकित्सक डा. विजय गामीले दिएको सुझाव यस्तो छ :-

दाँत शरीरको बाहिरी अंग हो । तर यसले शरीरका भित्री अंगहरुको कामलाई पनि सहयोग गरिरहेको हुन्छ । दाँतले खाना खान, बोल्न लगायत धेरै काम गर्छ । साथै यो शुन्दरता  थप्ने महत्वपूर्ण अंग पनि हो । दाँतमा विभिन्न खालका समस्या आउछ । यस्तो समस्याको प्रकृति हेरी समाधान गर्ने एक उपाय दाँतमा क्राउन राख्नु पनि हो ।

क्राउन दाँतलाई बलियो र सुन्दर बनाउन कृत्रिम तरिकाले बनाएको हुन्छ । क्राउन राखेपछि केही व्यक्तिमा दाँत सिरिङ्ग सिरिङ्ग... हुने, तातो वा चिसो खाँदा दुख्ने समस्या आउन सक्छ । यस्तो भएमा तुरुन्त चिकित्सककोमा जानुपर्छ ।

दाँतमा क्राउन राखेपछि नियमित परीक्षण नगराउँदा यस्ता समस्या आउन सक्छन् । फोहोर नै दाँत बिगार्ने प्रमुख कारण हो ।

 क्राउन राखिपछि यस्ता कुरामा ध्यान दिऔं

  • दाँतलाई सफा गर्ने ।
  • ब्रश गर्दा हेन्टर फ्ल्स गर्ने ।
  • खाना खाएपछि कम्तिमा बिहान बेलुका राम्रोसँग ब्रश गर्ने ।
  • ब्रश गरिसकेपछि नुनपानीले मुख कुल्ला गर्ने ।
  • कम्तीमा ६ महिनाको एक पटक दन्त चिकित्सककोमा दाँत परीक्षण गराउने ।
  • साह्रो कुरा नटोक्ने । चिकित्सकले भने बमोजिम हेरचाह गर्यो भने क्राउन राखेका दाँत स्वस्थ, सफा र सुन्दर हुन्छ ।

Last modified on 2018-12-02 07:16:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts