आफूखुसी औषधि सेवन गरी गर्भपतन गर्दा ज्यानकै जोखिम (भिडियोसहित)



Download our app to get more features

आफूखुसी औषधि सेवन गरी गर्भपतन गराउनेको संख्या नेपालमा हरेक वर्ष बढ्दो छ । गर्भपतन गराउने कुल संख्याको करिब आधा जसोले यसरी नै औषधि सेवन गरी असुरक्षित गर्भपतन गराउने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । 

औषधि खाएर गर्भपतन गराउँनु एकदमै जोखिमयुक्त हुने बाउँछिन् स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योति अग्रवाल । यसकारण चिकित्सकको सल्लाहबिनै औषधिको सेवन गरेर गर्भपतन नगराउन उनको सुझाव छ ।
हुनत नेपालमा गर्भपतनले कानुनी मान्यता पाइसकेको छ । कानुनी मान्यता पाइसक्दा पनि अशुरक्षित गर्भपतन गराउनु आफ्नै ज्यानलाई जोखिममा राख्नु हो । गर्भपतन गराउने औषधिहरू बजार सस्तो र सहजै पाइने हुँदा महिलाले अस्पताल जाने झन्झट नगरेको हुनसक्छ । कतिपय महिलाले त यस्ता औषधि बारम्बार प्रयोग गर्ने गरेको समेत पाइएको छ । तर, यो उनीहरुका लागि कुनैपनि हिसाबले राम्रो हुँदैन । 

अनिच्छामा बसेको गर्भलाई पतन गराउनु गर्भवतीको अधिकार हो । यस्तो गर्भलाई सुरक्षित तरिकाले पतन गराउनु पर्छ । तर गर्भपतन गराउँदा जथाभावी औषधिको प्रयोग गर्नु नै घातक हुनसक्छ । गर्भपतन गराउदा यस्ता कुरामा ध्यान दिनु पर्छ :-
गर्भपतन गराउनु अगाडि भिडियो एक्सरे गरेर भु्रण कहाँ बसेको छ, एकीन गर्नुपर्छ । पाठेघर बाहिर, ट्युबमा वा अन्य स्थानमा भु्रण बसेको छ एकीन गर्नुपर्छ । सो अबस्था नहेरी औषधि सेवन गरियो भने बढी रगत जाने, अस्पताल भर्ना हुनुपर्ने, पाठेघर नै फ्याक्नु पर्ने त कतिको मृत्यु समेत हुन सक्छ । यदि भिडियो एक्सरे गरेर चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्दा यसले खासै असर गर्दैन् । तर, यस्तो औषधि बारम्बार प्रयोग गर्नु भने हुँदैन् । भविष्यमा चाहेको बेला बच्चा नबस्ने, पाठेघरमा संक्रमण हुने, पेटमा विभिन्न समस्या आउन सक्छ । पटक पटक यस्ता औषधि सेवन गरी गर्भपतन गराउँदा क्यान्सर समेत हुन्छ । 

असुरक्षित गर्भपतन गराउनु पर्ने अवस्था आउन नदिन असुरक्षित यौन सम्पर्कबाट बच्नु पर्छ । अहिले बजारमा परिवार नियोजनका धेरै साधान छन् । आफुलाई सुहाउँदो परिवार नियोजनका साधान प्रयोग गर्दा यसले वर्तमान र भविष्य दुबैलाई राम्रो गर्छ । तर परिवार नियोजनका साधान प्रयोग गर्दा पनि विवाहित, अविवाहित, बच्चाको चाहाना पुगिसकेका वा लामो अन्तरमा बच्चा जन्माउन चाहने सबैको लागि फरक फरक साधान प्रयोग गर्नुपर्छ । यसको लागि एक पटक चिकित्सक वा स्वास्थकर्मीसँग परामर्श गर्दा राम्रो हुन्छ । 

Last modified on 2018-12-06 09:04:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts