एन्जियोप्लाष्टीले कसरी फर्काउँछ मृत्युको मुखबाट ? जानौं (भिडियोसहित)



Download our app to get more features

एन्जियोपलाष्टी सर्जरी हृदयघातको सम्भावना भएका र हृदयघात भइसकेका बिरामीको उपचारमा निकै प्रभावकारी मानिन्छ । यसले मृत्युको मुखमा पुगिसकेका व्यक्तिलाई समेत बचाउन सक्छ । एन्जियोप्लाष्टी सर्जरीले कसरी मानिसलाई बचाउँछ ? यो सर्जरी कसरी गरिन्छ ? भन्ने विषयमा इन्टरभेन्सन कार्डियोलोजिस्ट डा. चन्द्रमणि पौडेलसँग गरेको कुराकानी :-

बन्द वा साँघुरिएको मुटुको रक्तनलीमा हात वा खुट्टाको नशामा सुईले घोचेर त्यसबाट तार छिराई मुटुको रक्तनलीमा जमेको रगत फ्याल्ने वा बन्द रक्तनली खुलाई त्यसमा स्ट्यान वा जाली राख्ने प्रक्रिया एन्जियोप्लाष्टी सर्जर हो । बन्द रक्तनलीलाई रक्तप्रवाहयोग्य बनाउने काय नै कोरोनरी एन्जियोप्लाष्टी हो । 

मुटुको रक्तनली साँघुरिदा वा बन्द हुँदा कस्ता लक्षण देखिन्छन् ?

मुटुको रक्तनली एक्कै चोटी बन्द भयो भने त हृदयघात भैहाल्छ । मुटुको नसा साँघुरिनु भनेको पनि हृदयघात हुने सम्भावना बढ्नु हो । यसो हुँदा विशेषतः निम्न लक्षण देखापर्छन् :

  •  रक्तनली साँघुरिदा शरीरको तल्लो भागमा रक्तप्रवाह हुँदैन् र मुटु दुख्ने, छाती दुख्ने हुन्छ ।
  • उकालो हिड्दा वा भ¥याड चड्दा छाती भारी हुन्छ ।
  • हिड्दा धेरै पसिना आउने, जीउ दुख्ने हुन्छ । 

कसरी गरिन्छ कोरोनरी एन्जियोप्लाष्टी ?

बिरामीको लक्षणको आधारमा इसीजी साथै इको गरेर समस्या पहिचान गरिन्छ । बिरामीको क्याथ ल्याब गरेर हात वा खुट्टाको नशामा निडिलले छेडेर त्यसबाट तार छिराई मुटुको रक्तनलीसम्म पु¥याइन्छ । उक्त तारले जमेको रगत फ्याल्ने वा रक्तनली बन्द छ भने बेलुनले खुलाउँछ । त्यसमा स्ट्यान वा जाली राखिन्छ र रगत पहिले कै अबस्थामा सुचारु गरिन्छ ।

कोरोनरी एन्जीयोप्लाष्टी एक पटक गरे सधै हुन्छ ?

हो, एन्जियोप्लाष्टी एक पटक राखेपछि सधैभरीलाई हुन्छ । त्यहाँबाट नसा सधैको लागि खुल्छ । तर, नसामा रोग लागे केही प्रतिशतमा ५—७ वर्षमा पुनः दोहोरिन सक्छ ।

कत्तिको महंगो छ ?

मुटु रोगको उपचार भन्ने बित्तिकै मानिसले सोच्छन् की धेरै मंहगो होला । तर त्यसो होइन, सरकारी अस्पतालमा एन्जियोप्लाष्टी गर्दा डेढ लाख जति लाग्छ । त्यसमा पनि विपन्न वर्गलाई एक लाख सरकारले दिन्छ । 

बच्न के गर्ने ?

मुटुलाई स्वस्थ राख्न सक्यो भने यो रोगबाट धेरै हदसम्म बच्न सकिन्छ । स्वस्थ खानपान, रक्तचाप र तौल नियन्त्रण, नियमित शारीरिक व्यायम, जीवनशैली सक्रिय बनाए यो समस्या हुँदैन । साथै समय समयमा स्वास्थ परीक्षण पनि गराउनुपर्छ । एन्जियोप्लाष्टी गरिसकेको छ भने चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नुको साथै जीवनशैलीमा परिवर्तन गर्नुपर्छ ।
 

Last modified on 2018-12-24 13:21:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts