के तपाईंलाई सेतो दुवीले सताएको छ ?

सन्दर्भः विश्व छाला स्वास्थ्य दिवस



Download our app to get more features

के हो सेतो दुवी ? 
छाला सेतो बनाउने रोगहरु मध्ये सेता दुवीले संसारको ०.५ देखि १ प्रतिशतसम्म मानिसलाई असर गरेको हुन्छ । शरीरमा रहने प्रतिरोधात्मक शक्तिले विभिन्न कारणवश छाला कालो बनाउने तत्वलाई नष्ट गरेमा सेतो दुवी हुन्छ । त्यस्तै ३० प्रतिशत रोगीमा वंशानुगत गुण दोषी भएको पाइन्छ । 

दुवी कसरी चिन्ने ? 
धेरैजसो अवस्थामा दुवी २०–३० वर्षको उमेरभित्र देखिन्छ । यो सुरुको अवस्थामा दूधजस्तो सेतो सानोसानो आकारमा धेरै घर्षण हुने ठाउँ जस्तै फिला, हात, औंला, खुट्टा, कुहिना, घुँडा र गोलीगाँठोमा देखिन्छ । कहिलेकाँही दुवी आएको ठाउँमा कपाल पनि सेतो हुन्छ । यस्तो भएको खण्डमा उपचारको क्रम लम्बिने गर्छ । 
सतो छाला सँधै दुवी हुने गर्दैन । सेतो कोठी, फुस्रो दुवी (एक प्रकारको फंगस) वंशानुगत गुणले गर्दा हुने सेतो रोग, कुष्ठरोग र छालाको क्यान्सरमा पनि छाला सेता हुने गर्दछ । त्यसैले छाला सेता भएमा चर्मरोग विशेषज्ञको सल्लाह लिन अनिवार्य हुने गर्दछ । 

के सेतो दुवी निको हुन्छ ? 
सेतो दुवी धेरैजसो अवस्थामा उपचार नगरेको खण्डमा बढ्दै जान्छ । सुरुमै सन्चो हुन्छ या हुँदैन भनेर किटान गर्न साह्रै गाह्रो हुन्छ । 

कसरी गरिन्छ दुवीको उपचार ?
सेतो दुवी एक पटक पहिचान भइसकेको अवस्थामा लगाउने स्टिरोइड नामक औषधिले उपचार गरिन्छ । यो बाहेक औषधिले काम नगरेको अवस्थामा लाइटले सेक्ने विधिको प्रयोग गरिन्छ । यस्तो विधि वर्षौंसम्म गर्नुपर्ने हुन्छ । कहिलेकाँही उपचारले काम नगरेको अवस्थामा छालाको प्रत्यारोपण (Grafting) गरेर छालालाई पहिलेको अवस्थामा पुर्याउन सकिन्छ । 

सेतो दुवी हुनेले खानेकुरा बार्नुपर्छ ?
प्रायजसो अवस्थामा सेतो दुवी खानेकुरासँग सम्बन्धित नभएकाले कुनैपनि खानेकुरा बार्नुपर्ने हुँदैन । चोटपटक लागेको ठाउँमा नया दुवी आउने भएकाले चोटपटकबाट भने सकेसम्म जोगिनुपर्छ । 

Last modified on 2017-04-01 12:57:49

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts