स्वास्थ्य स्वयंसेविकाको क्षमता विकासका लागि एडभान्स तालिम दिइने



Download our app to get more features

रुपन्देही, २५ मंसिर । प्रदेश नम्बर ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले महिला स्वास्थ्य स्वयंसेविकाहरुको सम्वेदनशिलतालाई मध्यनजर गर्दै उनिहरुको क्षता विकासमा जोड दिइने बताएका छन् । 

उनले दुर्गम स्थानमा समेत खटिएर जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने स्वयंसेविकालाई प्रदेश सरकारले यसै वर्ष देखि एडभान्स तालिम सञ्चालन गर्ने तयारीमा रहेको बताए । 

प्रदेश नम्बर ५ सरकार अन्तर्गत सामाजिक विकास मन्त्रमातहतमा आएको स्वास्थ्य कार्यालय रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै मन्त्री बरालले राष्ट्रिय मापदण्ड अनुसार स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानको लागि प्रदेश सरकारले समन्वय गर्ने बताए । उनले कर्मचारी व्यवस्थापनमा केही समस्या आएको कारण स्वास्थ्य क्षेत्रमा पनि जटिलता आएको बताए । 

यस्तै भैरहवामा स्थापना भएको स्वास्थ्य कार्यालयको कार्यक्षेत्र दुई जिल्ला रुपन्देही र नवलपरासी हुने प्रदेश नम्बर ५ सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य शाखा प्रमुख डा. उमाशंकर चौधरीले बताए । उनले प्रदेशमा ६ वटा जिल्लामा स्वास्थ्य कार्यालय रहने जानकारी दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts