यसरी स्टेजमै उत्रिएर गीत गाए डा. रिजालले 



Download our app to get more features

काठमाडौं, २५ मंसिर । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालले स्टेजमै उत्रिएर गीत गएका छन् । नेपाल आईडलको टप फोरमा पुगेकी झापाकी अस्मिता अधिकारी र डा. रिजालले संयुक्त रुपमा गीत गाएका हुन् ।

नेपाल मेडिकल कलेज जोरपाटीबाट नर्सिङ अध्ययन सकेकी अधिकारीलाई स्वागत गर्ने क्रममा रिजाल र अधिकारीले संयुक्त रुपमा गीत गाएका हुन् । अधिकारी र डा. रिजालले ‘ए कान्छा मलाई सुनको तारा खसाई देउ..’ बोलको गीत गाएका थिए । जुन गीत उनीहरुले ६ वर्ष अघि नर्सिङ अध्ययनका क्रममा पनि गाएका थिए । अस्मितालाई स्वागत गर्न कलेजमा मंगलबार आयोजित कार्यक्रममा पनि डा. रिजालले सोही गीत पुन दोहो¥याएका थिए । 

अस्मिता नेपालको एक नम्बर गायिका हुन् : डा. रिजाल
डा. रिजालले कार्यक्रममा अस्मिता अधिकारी नेपालको एक नम्बरको गायिका बनिसकेको दावी पनि गरे । उनले अस्मिता कला र गलाले भरिपूर्ण व्यक्ति भएको कार्यक्रममा बताए । यसको प्रमाण अस्मिताले नर्सिङ् अध्ययनकै बेला दिईसकेको उनले बताए । अस्मिता एक जना नर्स मात्रै नभएर नेपाल मेडिकल कलेजको सदस्य पनि भएको डा. रिजालको भनाइ थियो ।

नर्सिङ छाड्दिन : अस्मिता
नेपाल आइडलको टप फोरमा पुग्न सफल अस्मिता अधिकारीले नर्सिङ पेसालाई कुनै पनि अवस्थामा नछाड्ने बताएकी छिन् । सानैदेखिको चाहना नर्स र गायिका बन्ने भएको बताउँदै दुवै चाहना पुरा भएको उनको भनाइ थियो । उनले भनिन् ‘आज दुबै पुरा भएको छ । म नर्सिङ पेसा र गायन क्षेत्रलाई सँगसंगै अगाडी बढाउने छु ।’


 

Last modified on 2018-12-12 07:09:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts