राम जानकी विवाह महोत्सवमा एक सय भन्दा बढी स्वास्थ्य शिविर



Download our app to get more features

जनकपुर, २६ मंसिर । राम जानकी विवाह महोत्सवको अवसरमा  जनकपुरका विभिन्न स्थानमा एक सय भन्दा बढी निः शुल्क स्वास्थ्य शिविर राखिएको छ ।

ऐतिहासिक र धार्मिक महत्व बोकेको राम जानकी विवाह समारोहमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौं श्रद्धालु जनकपुर आएका छन् । उनीहरुको स्वास्थ्य परीक्षण आकस्मिक उपचारको लागि निःशुल्क स्वास्थ्य शिविर स्थापना गरिएको हो ।

जनकपुर अञ्चल अस्पताल, विभिन्न स्वयंसेवक युवा क्लवहरुले शिविर राखेका छन् । शिविरमा निःशुल्क औषधि, रक्तचाप जाँच, सुगर जाँच सेवाहरु उपलब्ध छ ।

Last modified on 2018-12-14 09:05:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts