त्रिवि शिक्षण अस्पतालको निर्देशकमा प्राडा प्रेम खड्का नियुक्त



Download our app to get more features

काठमाडौं, २६ मंसिर । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको निर्देशकमा प्राडा प्रेम खड्का नियुक्त भएका छन् । उनलाई निर्देशक बनाउनका लागि त्रिवि कार्यकारी परिषद्ले सर्च कमिटीको एक साता अघि नै सिफारिस गरेको थियो । तर पदाधिकारीबीचको विवादका कारण रोकिएको थियो ।

प्राडा खड्काले करिब डेढ वर्षपछि सरकारी सेवाबाट अनिवार्य अवकाश पाउँदै छन् । निर्देशक सिफरिसका लागि त्रिविले दुई पटकसम्म सर्च कमिटी गठन गरेको थियो ।  पहिलोपटक गठित सर्च कमिटीले निर्देशकको नाम सिफारिस गर्न नसकेपछि त्रिवि कार्यकारी परिषद्ले ८ कात्तिकमा दोस्रो सर्च कमिटी गठन गरेको थियो ।

दोस्रो कमिटीले वरिष्ठताका आधारमा २ मंसिरमा तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा क्रमशः डा. प्रेम खड्का, डा. वाइपी सिंह र डा. सुशील शील्पकार थिए । उनीहरुमध्ये पहिलो नम्बरका खड्काले नेतृत्वको जिम्मेवारी पाएका हुन् ।

 

Last modified on 2018-12-13 09:27:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts