रसुवाको नौकुण्डमा निःशुल्क स्वास्थ्य परिक्षण, ३ सय जना लाभान्वित



Download our app to get more features

रसुवा, २७ मंसिर । रसुवाको ग्रामिण क्षेत्र पारच्याङमा संचालन गरिएको निःशुल्क विशेषज्ञ सहितको स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराउनेको भिड लागेको छ । 

नौकुण्ड गाउँपालिका ३ पारच्याङमा संचालन भएको शिविरमा स्वास्थ्य परिक्षण गराउनेको भिड लागेको हो । शिविरमा १३ जना डाक्टरहरुले स्त्री रोग तथा छाला र ७ जना डाक्टरहरुले आँखाको जाँच गरी रहेका छन् । 

शिविरमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया, स्त्री तथा प्रसुती रोग, छालाको रोगको परिक्षण र सामान्य स्वास्थ्य परिक्षण समेत भइरहेको छ । मंगलबार देखी सुरु तिन सम्म चल्ने शिविरमा एक दिनमा मात्रै करिव ३ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन् । 

दुर्गम स्थानमा बसेर गरिबिका कारण सुबिधा सम्पन्न अस्पतालमा गएर उपचार गर्न नसकि रोग पालेर बसेकाहरुलाई स्वास्थ्य शिबिरले फाईदा पुगेको उपचारका लािग आउने गरेको यार्साका कामी तामाङले बताए ।

Last modified on 2018-12-13 15:24:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts