वैदेशिक रोजगार विभागसँगै छैन विदेशबाट मेडिकल फेल भएर फर्कने श्रमीकको तथ्यांक



Download our app to get more features

काठमाडौं, २७ मंसिर । विदेशमा मेडिकल फेल भएर कति नेपालि फर्किए भन्ने तथ्यांक वैदेशिक रोजगार विभागसँग नरहेको पाइएको छ । 

कामको खोजीमा हजारौं नेपाली युवाहरु विदेश जाने गरेका छन् । तर, विदेशमा मेडिकल गराउँदा फेल भएर स्वदेश फर्कनेहरुको यकिन तथ्यांक रोजगार विभागसँग छैन । 

ऋण धन गरेर विदेश गएपछि पनि अनेक समस्या मध्येको एक हो दोहोरो स्वास्थ्य परीक्षण । नेपालमा स्वास्थ्य परीक्षण गर्दा स्वस्थ भएर गएपनि विदेश गएपछि गरिने स्वास्थ्य परिक्षणमा  अस्वस्थ देखाएर नेपाली युवालाई स्वदेश फर्काउने गरिएको छ । 

उदयपुरका देबेन्द्र बहादुर राई सेप्टेम्बर ११ तारिखका दिन वैदेशिक रोजगारीको शिलशिलामा कतार गएका थिए । विधि र प्रक्रिया पूरा गरेरै उनले विदेश जानका लागि आवश्यक स्वास्थ्य परिक्षण गराए । मापदण्डअनुसार उनको स्वास्थ्य अवस्था पनि राम्रै रहेको रिपोर्ट आयो । काठमाण्डौको साईबाबा क्लिनिकमा स्वास्थ्य उपचार गरी चेक जाच गरि रोजगारिका लागि कतार गएका उनी ३ महिनामै त्यहाँको स्वास्थ्य परीक्षणमा असफल भएर स्वदेश फर्के । उनको स्वास्थ्यमा के कस्तो समस्या देखिएको हो केही पनि खुलाइएन । 

उनी त एक उदाहरण मात्रै हुन् । विदेश जाने कैयाँै नेपाली युवालाई यस्तै समस्या पर्ने गरेको छ । ऋण गरेर पैसा कमाउने उदेश्यले विदेश पुगेका युवाहरु काम गर्न नपाई  स्वास्थ्य परीक्षणमा फेल हुने गरेका छन् । 

नेपालमा स्वास्थ्य परीक्षण गर्दा ठिक हुने विदेशमा गर्दा अस्वस्थ देखाएर नेपाल फर्काइनुले उनीहरु अन्यायमा परेका छन् । तर यस विषयमा राज्यका निकायले भने ध्यान दिन सकेका छैनन् । स्वास्थ्य परीक्षणको समस्याबाट कति संख्यामा युवाहरु पीडित छन् भन्ने तथ्याङ्कसमेत राखिएको छैन । यस विषयमा बुझ्न जाँदा वैदेशिक रोजगार विभागले जवाफ नै दिन नसक्ने बतायो । 

श्रमिकलाई विदेश जानुपर्ने बाध्यता आफ्नो ठाउँमा छ । तर विदेश गईसकेपछि पनि विभिन्न कारणले फर्किनुपर्ने बाध्यताले थप पीडा हुने गरेको छ ।
 

Last modified on 2018-12-13 15:24:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts