‘डक्टर्स अन कल्स’ अर्थात घरमै उपचार सेवा



Download our app to get more features

काठमाडौं, २७ मंसिर । नेपालमा पछिल्लो समय घरमै गएर बिरामीको उपचार गर्ने प्रचलन बढी रहेको छ । यो प्रचलनलाई काठमाडौंको रानीपोखरीस्थित डाक्र्टस् अन कल्स् नामको संस्था एक वर्षदेखि विस्तारित गरिरहेको छ । डक्टर्स अन  कल्सले बिरामीको माग अनुसार उपत्यकाभित्रको काठमाडौं, ललितपुर र भक्तपुरका बिरामीको घरमै गएर सहज र शुलभ रुपमा उपचार सेवा दिदै आएको छ ।

डाक्टर सुमन न्यौपाने, डाक्टर मोहन भण्डारी र डाक्टर सुयस कार्कीले यो संस्था स्थापना गरेका हुन् । विकसित राष्ट्रहरूमा यो प्रचलन वर्षौअघि देखि नै सुरुवात भए पनि नेपालमा भने भर्खरै बिस्तार हुँदैछ । यो सेवाले बिरामीको मन पनि जित्दै आएको बताउँछन् डा. सुमन न्यौपाने ।

डक्टर्स अन  कल्सले हाल २० भन्दा बढी स्टाफ नर्स, १० भन्दा बढी फिजियोथेरापिष्ट र ७ जना मेडिकल अफिसरमार्फत बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सेवा दिदै आएको छ । यस्तो सेवालाई भविष्यमा देशका सबै प्रमुख सहरमा बिस्तार गर्ने र २४सै घण्टा प्रभावकारी सेवा दिने दीर्घकालिन लक्ष्य रहेको डा. सुयस कार्कीले बताए ।
 

डक्टर्स अन  कल्सले दिने प्रमुख चार सेवा

  • डाक्र्टस् होम भिजिट्स ।
  • नर्स सेवा ।
  • फिजियोथेरापी ।
  • ल्याब प्याथोलोजी सेवा ।

डक्टर्स अन  कल्स सेवा महंगो होला नी ? भन्ने प्रश्नमा डा. मोहन भन्छ, ‘घरमै आएर डाक्टरले उपचार गर्दा धेरै महंगो हुन्छ, उपचारमा चाहिने आवश्यक सामग्रीहरु प्रर्याप्त हुँदैनन् लगायतका संसय जनमानसमा छ । तर, त्यसो हैन्, अस्पतालमा सरदर उपचार गर्दा लाग्ने खर्च जति मात्रै लाग्छ । हामीले सुरुमा उपचार गर्न बिरामीको घर जादा १५ सय लिन्छौं, त्यसपछिको शुल्क भने फरक हुन्छ । यसरी सेवा लिँदा समयको वचत हुन्छ, अस्पतालमा पालो कुर्नुपर्ने, आउँदा जाँदा बाटोका अप्ठ्यारा भोग्नु पर्दैन ।’ बिरामीको घरमै गएर उपचार गर्दा अलि कठिनाई त हुन्छ । तर, त्यो कठिकाई भन्दा बिरामीलाई सहज सेवा पु¥याएर बिरामी र आफ्न्त प्रफुल्लित हुँदा खुसी मिलेको उनीहरूको अनुभव छ ।

डा. सुमनका अनुसार यो सेवा लिने लक्षित वर्ग भनेको दीर्घरोग लागेकाहरू बढी छन् । उनले भने ‘जसलाई लामो समय उपचार गर्नु पर्ने हुन्छ वा नियमित चिकित्सकको सल्लाहमा रहनुपर्छ, अस्पताल पु¥याउने मान्छे छैनन् । त्यस्ताका लागि बढी उपयोगी हुन्छ ।’ डक्टर्स अन  कल्सले उपचार सेवा मात्र दिँदैन् बिरामीका विदेश वा टाढा रहेका छोराछोरी या आफ्न्तलाई बिरामीको अवस्था, आउन सक्ने जटिलता, र अपनाउनु पर्ने सावधानीको बारेमा पनि जानकारी दिन्छ ।

(हाम्रो डक्टर म्यागजिनबाट)

यो सेवालाई देशभर विस्तार गर्न र प्रभावकारी ढंगले सञ्चालन गर्नको लागि सरकारी स्तरबाटै आवश्यक नीति निर्माण हुनुपर्ने, यस्तो सेवा दिने प्राइभेट सञ्चालककाई प्रोत्साहन गरे मात्र सम्भव रहेको उनको बुझाई छ ।

 

 

Last modified on 2018-12-14 15:39:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts