डा. पुष्पा चौधरीको पक्षमा सर्वोच्चको अर्को आदेश, सरकार अफ्ठ्यारोमा



Download our app to get more features

काठमाडौं, ३ पुस । सर्वोच्च अदालतले स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई यसअघि दिएको आदेश लाई नै निरन्तरता दिएको छ ।

डा.चौधरीलाई प्रधानमन्त्री कार्यालमा तानिएसँगै सर्वोच्च अदालतले कानून विपरितको सरुवा भएको भन्दै यसअघि अन्तरिम आदेश दिएको थियो । त्यसपछि सरकारले  सरुवाको निर्णय सही भएको भन्दै अन्तरिम आदेश खारेज गर्न माग गरेको गर्दै भ्याकेटमा आएको थियो ।

यसअघि प्रधानन्यायाधीश ओम प्रकाश मिश्रको इजलासले सरकारले गरेको सरुवा नमिलेको भन्दै अन्तरिम आदेश जारी गरेको थियो । आज न्यायाधीशद्वय मीरा खड्का र इश्वर खतिवडाको इजलासले सरकारले माग गरेको भ्याकेटमा प्रमाण नपुगेको भन्दै अन्तरिम आदेशलाइ निरन्तरता दिएको छ । यो निर्णयसँगै सरकार अफ्ठ्यारोमा परेको छ भने डा. चौधरीले स्वास्थ्य मन्त्रालयमा नियमित हाजिर गर्नसक्ने भएकी छिन् ।

चौधरीको कामप्रति असन्तोष जनाउँदै सरकारले उनलाई गत असोजको अन्तिम साता प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो । त्यसपछि अघिल्लो साता मात्र मन्त्रिपरिषद्ले स्वास्थ्य सचिवका रुपमा प्रशासन सेवा समुहका केदार बहादुर अधिकारीलाई मन्त्रालयको सचिव नियुक्त गरेको थियो । 

Last modified on 2018-12-19 13:38:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts