नेपाल औषधि लिमिटेडका महानिर्देशक सुवेदीद्वारा राजीनामा



Download our app to get more features

काठमाडौं, ४  पुष । नेपाल औषधि लिमिटेडका महानिर्देशक डा.रोवश कुसुम सुवेदीले पदबाट राजीनामा दिएका छन् ।

दुुई वर्ष अघि खुल्ला प्रतिस्पर्धाबाट महानिर्देशक बनेका सुवेदीले व्यक्तिगत कारण दर्शाउँदै हिजो राजीनामा दिएको हाम्रो डाक्टरलाई बताए ।  

सात वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको सरकारी स्वामित्वको एक मात्र औषधि कम्पनी नेपाल औषधि लिमिटेडमा रहेर काम गर्न कठिन रहेको भन्दै राजीनामा दिइएको बुझिएको छ ।

सरकारले दुई वर्ष अगाडि लामो समय देखि बन्द रहेको औषधि लिमिटेड पुनः सञ्चालन गर्ने उदेश्यले खुल्ला प्रतिष्पर्धाबाट महानिर्देशक छनोट गरेको थियो । त्यसक्रममा औषधि मै पीएचडी गरेका विज्ञ डा रोवश कुसम सुवेदी २०७३ पुस ७ गते नेपाल औषधि लिमिटेडको महानिर्देशक भएका थिए ।

तत्कालीन उद्योग मन्त्री नवीन्द्रराज जोशीले कार्यभार सुरु गरे लगत्तै सरकारी स्वामित्वका विभिन्न कारणले वन्द रहेका सरकारी उद्योगहरुलाई प्राथमिकताका आधारमा पुन संचालन गर्ने नीति लिएका थिए । 

गत असोज मै १५ प्रकारका ट्याब्लेट औषधि उत्पादन लक्ष्य लिएको लिमिटेडले हाल जीवनजल, सिटामोल र सिटाप्लस मात्रै उत्पादन गरिरहेको छ ।

महाप्रबन्धक सुबेदीले राजीनामा दिएसँगै अब लिमिटेडको भविष्य के हुन्छ भन्ने अन्योल समेत सिर्जना भएको छ ।
 

Last modified on 2018-12-19 15:20:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts