औषधि मै पिएचडी गरेका औषधि लिमिटेडका महाप्रबन्धक डा. सुवेदीले किन दिए राजीनामा ? 



Download our app to get more features

काठमाडौं, ४ पुस । नेपाल औषधि लिमिटेडका महानिर्देशक डा. रोवशकुसुम सुवेदीले राजीनामा दिएसँगै उनले किन राजीनामा दिए भन्ने आशंका उब्जिएको छ ।

केहीदिनअघि सम्म १५ वटा ट्याब्लेट उत्पादन गर्ने उद्देश्य सुनाइरहेका सुवेदीले राजनीतिक दवावमा राजीनामा दिएको आशंका गरिएको छ । यद्यपी उनले आफुलाई राजनीतिक दवाव नभएको र व्यक्तिगत कारणले राजीनामा दिएको दावी गरेका छन् । दुई  वर्ष अगाडी तत्कालिन उद्योगमन्त्री नविन्द्रराज जोशीले खुल्ला प्रतिस्पर्धाबाट महानिर्देशक बनाएका सुवेदिले औषधि विज्ञानमै विद्यावारिधी गरेका छन् । उनलाई महानिर्देशक बनाइएसँगै लिमिटेडले जीवनजल, सिटामोल, सिटाप्लस लगायत औषधि निर्माण र बजारीकरण सुरु गरिसकेको थियो । 

बन्द भएर लथालिंग अवस्थामा रहेको लिमिटेडलाई उठाएर औषधि उत्पादन गर्न सुरु गराउने डा. सुवेदीले एकाएक राजीनामा दिएपछि उनलाई राजनीतिक दवाव परेको बुझिएको छ । वर्तमान सरकार बनेसँगै औषधि लिमिटेडको महानिर्देशक बन्न केही नेकपानिकट व्यक्तिहरुले लविंग थालिसकेका छन् । सरकारले डा. सुवेदीलाई बर्खास्त गर्दा राम्रो सन्देश नजाने र अदालतले समेत रोक्ने देखेपछि उनलाई राजीनामा दिन बाध्य बनाइएको औषधि लिमिटेड स्रोतको दावी छ । बल्लतल्ल सञ्चालनमा ल्याइएको एकमात्र सरकारी एलोपेथिक औषधि निर्माता उद्योगमा पुनः राजनीतिक रंग छिरेको भन्दै सरोकारवालाले आलोचना सुरु गरेका छन् । 

राजीनामा दिएपछि हाम्रो डाक्टरलाई संक्षिप्त प्रतिक्रिया दिँदै डा. सुवेदीले दुईवर्ष अगाडि नेपाल औषधी लिमिटेडमा काम  थाल्दा जस्तो दयनीय अवस्था अहिले नरहेको बताए । अबको नयाँ नेतृत्वलाई काम गर्न धेरै नै सहज वातावरण बनिसकेको छ । सुवेदिले भने । 

डा. सुवेदी २०७३ पुस ७ गते नेपाल औषधी लिमिटेडको महानिर्देशकमा नियुक्त भएका थिए ।

Last modified on 2018-12-23 16:19:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts