डा. केसीद्वारा जानकी मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग 



Download our app to get more features

काठमाडौ, ४ पुस । प्रवेश परीक्षा नदिएका विद्यार्थीलाई एमबीबीएस कार्यक्रममा भर्ना गर्ने जानकी मेडिकल कलेजको सम्बन्धन खारेज गर्न डा. गोविन्द केसीले माग गरेका छन् ।

आफुसँग भएका पूर्व सम्झौता पालना नभएको भन्दै अर्को अनशन बस्ने तयारी गरेका डा. केसीले जानकी मेडिकल कलेजको भर्ना कार्यक्रमलाई रोक्न उच्च अदालतले आदेश दिएपनि सर्वोच्च अदालतले भर्ना प्रक्रियालाई वैध बनाउन चलखेल गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएका छन् ।

मेडिकल कलेजहरुले अवैध रुपमा पटकपटक अदालतको आडमा विद्यार्थी भर्ना गरेकाले देशमा अयोग्य डाक्टरको विगविगि हुनलागेको तर्फ पनि केसीले सचेत गराएका छन् । 

डा. केसीले विज्ञप्ति मार्फत अबैध रुपमा भर्ना लिने तथा न्यायलयलाई समेत प्रभावित गरेर आवश्यक पूर्वाधार र बिरामी बिना नै विद्यार्थी भर्ना गरेर डिग्री बेच्ने जानकी लगायतका मेडिकल कलेजहरुलाइ शुन्य सिटमा झार्न पनि आइओएम लगायतका निकायको ध्यानआकर्षण गराएका छन् ।

Hamro Doctor
Last modified on 2018-12-19 16:04:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts