पिसाब रोक्नका लागि किन गर्न थाल्नुहुन्छ ‘डान्स’?


Download our app to get more features
Spark_health_home Birat Hospital

सामान्यतया ध्यान दिने हो भने तपाईंलाई जब पिसाब लाग्छ र तुरुन्तै पिसाब गर्न पाउनु भएन भने तपाईं उफ्रन वा दुवै खुट्टा जोडेर डान्स गर्न थाल्नुहुन्छ । यो बानी बच्चाहरुमा मात्रै होइन ठूलो व्यक्तिहरुमा पनि देख्न सकिन्छ । तर, के तपाईंले कहिले सोच्नुभएको छ कि मानिसमा यो बानी समान रुपले किन हुन्छ भनेर ? र पिसाब नगर्ने स्थितिमा किन डान्स गर्न थाल्छन् ?

पिसाब रोक्न सक्नुहुन्न 
यूरिनेशन शारीरको लागि प्राकृतिक प्रक्रिया हो । जसमा किड्नीको माध्यमबाट शरीरमा भएका विकार र टक्सिन्सलाई शरीरबा बाहिर निकाल्न मद्दत गर्छ । हुन त यो शरीरको एक आवश्यक प्रक्रिया हो त्यसकारण पनि यसमा कसैको कन्ट्रोल हुँदैन । कुनै पनि व्यक्ति दिनमा ६ वा ८ पटक सम्म बाथरुम जानु सामान्य कुरा हो । बढि पानी पिउने स्थितिमा पनि यो संख्या बढेर १० वा १२ पनि हुन सक्छ । 

vayoda

bp_ad

कतिपटक पिसाब गर्ने हो त्यसमा कसैको नियन्त्रण हुँदैन
कुनै पनि व्यक्ति कतिपटक पिसाब गर्न जाने हो त्यसमा कुनै नियन्त्रण वा रोक लगाउन सकिँदैन । उसो मानिसले मानेका छन् कि यसलाई केहि समयका लागि नियन्त्रण गर्न सकिन्छ । पिसाब रोक्ने क्रममा जब प्रेशर बढ्न थाल्छ र पिसाब निस्कासन हुँदैन तब व्यक्ति डान्स गर्न थाल्छ ।

पिसाब गर्न नपाउनाले गर्छौ डान्स 
कतिपय व्यक्तिलाई आफू आत्तिदा टाउको चिलाउनेदेखि लिएर नङ टोक्ने गरेको देखिन्छ । यी सबै रिद्मिक डिस्प्लैस्मन्ट बिहेवियर हुन् । यूरिन निस्कासन गर्न नसक्ने स्थितिमा यस्तो हुन्छ र हाम्रो शरीर यसले गर्दा डिस्ट्रेक्ट हुनका लागि डान्स गर्न थाल्छ ।

थ्योरी अफ डिस्ट्र्याक्शन
पिसाब यदि गरिएन भने त्यसलाई हामी दिमागबाट हटाउने प्रयास गर्छौं । यो व्यवहार थ्योरी अफ डिस्ट्र्याक्शन अन्र्तगत पर्न आउँछ । किनकी हामी दिमागलाई कतिपय कुरा गर्नबाट रोक्नका लागि त्यसको ध्यान अन्तै लगाउने कोशिस पनि गर्छौ । त्यसकारण नै हामी उफ्रन वा एक खुट्टामाथि अर्को खुट्टा राखेर डान्स गर्न थाल्छौं हल्लिन थाल्छौं । 

यो कुरा राखौं ध्यानमा 
यस्ता व्यवहारकाबीच ध्यान राख्नु जरूरी छ कि उफ्रने वा डान्स गर्ने गर्ने स्थितिमा तपाईंं आफ्नो ब्लैडरमाथि प्रेशर बढाउन पुग्नुहुन्छ । जसकारण यूरिनको बहाव पनि तिव्र हुन जान्छ र पिसाब नियन्त्रण गर्न झन् समस्या हुन जान्छ ।

 

(न्यूरोलोजी एण्ड युरोडाइनामिक जर्नलमा प्रकाशित) 
 

Last modified on 2018-12-20 10:50:35

gch_ivf samyog_advertisement bathrog

Leave a Comment

NIdan Hospital tuberculosis

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts