जब पाँचमहिने बालकको लिंग कुकुरले खाइदियो...

पुरानो मेडिकल कलेजमा सफल शल्यक्रिया



Download our app to get more features

चितवन, ५ पुस । मंसिर २८ गते मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका ६ चापटोलकी सुजाता चेपाङ पधेँरोमा पानी लिन गएकी थिइन् । उनका श्रीमान बजार गएका थिए । जाडोयाम भएकाले सुजाताले आफ्नो ५ महिने छोरालाई घाममा सुताएर गइन् । सुजाता फर्किएसँगै उनले छोराको चिच्च्याहाट सुनिन् । सामान्य रुपमा रोएको आशंका गरेपनि उनको त्यतिबेला होसहवास उड्यो जतिबेला घरमै पालेको कुकुरले नाबालक छोराको लिंग खाइदिएको थाहापाइन् । 

त्यसयता सुजाताको लोग्नेस्वास्नीलाई निद्रा समेत लागेको छैन । एक्लै बच्चा छाडेर बाहिर जाँदाको परीणाम यतिविघ्न होला भन्ने उनीहरुले कल्पना समेत गरेका थिएनन् । घटनापछि शिशुलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइयो । आधा लिंग टोकिएर पिसाव नली समेत नदेखिने अवस्थामा अस्पताल ल्याइएका बालकको चिकित्सकहरुले सफल शल्यक्रिया गरेका छन् ।  

शिशुको उपचारमा संलग्न अस्पतालका युरोलोजिष्ट डा. सुदीपराज केसीले अस्पताल ल्याइपुर्याउँदा बालकको मुत्रनली समेत नदेखिएको बताए । उनका अनुसार लिङ्गमा धेरै भास्केरेडी हुने भएकाले धेरै रगत बग्ने गर्दछ । समयमा बच्चाको रगत रोकिएकाले उपचार गर्न केही सहज भयो, उनले भने सानो बच्चाको रगत कम हुन्छ ।  रगत बगे पनि तुरुन्त उपचार हुन पाएकाले बच्चाको ज्यान जोगिएको हो । 

भरतपुर अस्पतालले रिर्फर गरेपछि शिशुलाई पुरानो मेडिकल कलेजमा राखेर उपचार गरिएको छ । मेडिकल कलेजका चारजना चिकित्सकको टोलिले पिसाव नलिको सफल शल्यक्रिया गरेका हुन् । 

अपरेसनपछि बच्चाको पिसाव नलिबाट पिसाब पनि भएको छ । तर बच्चको पछि गएर प्रजनन् स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावना हुने चिकित्सकले बताए । डाक्टरले बनाएको पिसावको नलि साँघुरो भएर पिसाव फेर्न अप्ठेरो हुनसक्छ । यौन सम्पर्कको समयमा पनि त्यति सन्तृष्ट नहुनसक्ने चिकित्सकको भनाइ छ । लिंगको दुर्घटनाका कारण बच्चामा उमेर बढेसँगै मनोवैज्ञानिक असर गर्नसक्ने डा. केसीले बताए 

Last modified on 2018-12-20 15:50:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts