योनी नभएकी २६ वर्षीया युवतीको चिकित्सकले बनाए कृतिम योनी



Download our app to get more features

काठमाडौं ६ पुष । पोखराकी एक युवतीको २६ वर्षमा पनि महिनावारी भएन । समान्यतया १२ वर्ष देखि महिनावारी हुने गर्छ । तर, २६ वर्षमा पनि महिनावारी नभए पछि उनमा चिन्ता बढ्न थाल्यो । नाम थर नखुलाउने पोखराकी ती युवतीले तीन वर्ष अगाडी मात्रै महिनावारी नभएको बारे कारण पत्ता लगाईन । योनी नभएको जानकारी पाए लगत्तै उनले चिकित्सकको परामर्श सुरु गरिन । 

काठमाडौंको इसान बालबालिका तथा महिला अस्पतालमा उपचारका लागि गईन । चिकित्सकहरुले उनको स्वास्थ्य परिक्षण पछि योनी हुने स्थानमा डिम्पल मात्रै भएको र पाठेघर समेत बिग्रिएको पत्ता लगाए । 

पिसाव फेर्ने प्वाल थियो योनी हुने स्थानमा डिम्पल मात्रै
वरिष्ठ सर्जन डा. आरपी चौधरी सहितको चिकित्सकीय टोलीले उनको उपचार दुई हप्ता अगाडी सुरु गरेको थियो । पेशाले एयर होस्टेज उनि बुद्ध एयरमा कार्यरत छीन । उपचारमा संलग्न डा. चौधरीका अनुसार योनीको कृतिम रुपमा शल्यक्रिया गरि बनाईएको छ । चौधरीले भने, उनमा योनी थिएन । पिसाव फेर्ने मात्रै प्वाल थियो । हामीले शल्यक्रियाका माध्यमबाट कृतिम योनी अर्थात भेजाइना बनाएका छौं आशा छ त्यसले काम गर्नेछ । चिकित्सकका अनुसार यस्तो समस्या दुर्लभ मात्रै हुने गर्छ । 

तीन वर्ष अगाडी मात्रै थाहा पाईन उनले
बुद्ध एयरलाईन्समा कार्यरत उनीलाई आफ्नो योनी नभएको बारे तीन वर्ष अगाडी मात्रै जानकारी भयो । अबिवाहीत ती युवतीका प्रेमि अमेरिकामा रहेका छन् । चिकित्सकहरुका अनुसार यौन सम्पर्कका समयमा मात्रै उनले आफ्नो योनीको प्वाल नभएको जानकारी पाएकी थिईन । 

युवतीलाई उदृत गर्दै उपचारमा संलग्न चिकित्सकले भने, योनीको समस्याका विषयमा युवतीले आफ्नो प्रेमिलाई भनिसकेकी छन् । कृतिम योनीले रजश्वला हुन र यौनसम्पर्कमा राम्रो काम गरेपनि बच्चा नहुने डा. चौधरी बताउछन् । युवतीको पाठेघर काम नलाग्ने अवस्थामा रहेको छ । तर, युवतीले भने, आफुले अमेरीका गएर पाठेघर प्रत्यारोपण गर्ने बताएकी छन् । 


नेपालमा कृतिम भेजाइना बनाउने पहिलो व्यक्ति मै हो

डा. ज्ञानेन्द्रमानसिंह कार्की 
वरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञ

योनी नभएका महिलालाई गर्ने शल्यक्रियालाई भेजाइना प्लास्टी भनिन्छ । नेपालमा पहिलो कृतिम भेजाइना बनाउने व्यक्ति मै हो । यहाँ महिनामा कम्तिमा दुई जना योनी अर्थात भेजाइना नभएका महिलाहरु आउछन् । उनिहरुको शल्यक्रियाका माध्यमबाट कृतिम भेजाइना बनाइन्छ । योनी नभएका महिलाको भेजाइना प्लास्टीका माध्यमबाट नयाँ योनी अर्थात (भेजाइना) बनाईन्छ । कसैको जन्मजात योनी नहुने समस्या हुन्छ भने कुनै भित्र झिल्ली बाक्लो भएर रगत मात्रै बाहिर आउन रोकेको हुन्छ । महिलाहरुको जन्मजात योनी नभएको अवस्थामा बच्चा दानी, पाठेघर, ट्युव, सर्भिस र योनी अर्थात भेजाइनाको माथिल्लो भाग पनि हुदैन । जन्मजात भेजाइना नहुने महिलाको सानो डिम्पल जस्तो आकार मात्रै रहेको हुन्छ । तर, यस्ता महिलाहरुको अण्डा भने हुन्छ । त्यसैले उनिहरुमा महिलामा हुनुपर्ने सबै गुण पाइन्छ । सामान्य महिलामा जस्तै उनिहरुको जेनेटीक पनि हुन्छ । मात्रै योनी अर्थात भेजाइना हुदैन । उनिहरुलाई आफु महिला हैन भन्ने कहिल्यै जानकारी हुदैन । 

शारिरीक रुपमा कुनै समस्या देखिएको हुदैन । तर यस्ता महिलाको महिनावारी हुदैन । योनी नभई महिनावारी हुदैन महिनावारी नभए बच्चा हुदैन । त्यसैले उनिहरुलाई महिनावारी गराउन र यौनको सन्तुस्टि मेटाउन भेजाइना प्लास्टी गरिन्छ । विगतमा विदेशमा पष्टिक सर्जरी गर्ने चलन थियो, अहिले शल्यक्रियाका माध्यमबाट कृतिम भेजाइना  बनाउन सकिन्छ । कृतिम योनी बनाए पछि त्यस्ता महिलाले बिवाह गर्न र सेक्स गर्न सक्छन । बच्चा भने यस्ता महिलाको हुदैन । 

Last modified on 2018-12-21 14:57:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts