स्वास्थ्यमन्त्री यादवको दुखेसो: आफूले पाउनुपर्ने सुविधा पनि पाएको छैन



Download our app to get more features

काठमाडौं, ६ पुष । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आफूले पाउनुपर्ने कुनैपनि सुविधा नपाएको गुनासो गरेका छन् । 

सरकारले दिने सेवा सुविधाहरु लिन नपाएको उनको भनाई छ । वि.सं. २०४० सालमा सरकारले किनेको गाडी दुई लाख ५० हजार किलोमिटर कुदिसकेको र आफूले त्यहि गाडी प्रयोग गरिरहेको बताए । गाडी बाहिरबाट आकर्षक देखिएपनि निकै थोत्रो अवस्थामा रहेको उनले बताए । 

मैले कहीँबाट दोहोरो सुविधा लिएको छैन । मेरो नियमित सुविधा लिने गरेको छुईन् । कहिले काहीँ स्वास्थ्य मन्त्रालयबाट तेल हाल्छु । तर,  धेरै जसो अफ्नै गोजिबाट खर्च गर्ने गरेको छु । 

स्वास्थ्य मन्त्रालयमा रहेका कारण आकल झुकल त्यहाँबाट हाल्नु स्वभाविक हो । इन्धन वापतको रकम मैले सरकारबाट बुझेको छैन । सचिवालय पनि आवश्यकता अनुसार छैन् । अहिले एक जना निजी सचिव छन् भने सचिवालयमा दुई जना सहयोगी रहेका छन् ।  पाउने सुविधा नलिएका कारण सचिवालय पनि खालि छ ।
 

Last modified on 2018-12-21 14:58:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts