आयुर्वेदिक उपचारले ठिक हुन्छ मलद्धार फर्कने समस्या (भिडियोसहित)



Download our app to get more features

मलद्धार फर्कने रोगलाई चिकित्सकीय भाषामा प्रोल्याप्स भनिन्छ । यसलाई बोलीचालीको भाषमा ‘बेर्नो’ निस्कने पनि भन्ने गरिन्छ । यस्तो समस्या भएका बिरामी नेपालमा कति छन् भन्ने एकीन नभए पनि धेरै व्यक्ति यो समस्याबाट पीडित छन् । के कारणले मलद्वार फर्कन्छ ? यो समस्या हुनै नदिन कस्ता उपाय अपनाउने भन्ने विषयमा डाक्टर राजिव घिमिरेको सुझाव यस्तो छ ।

दिसा गर्ने थैली मलद्धार बाहिर निस्कनु वा फर्कनुलाई मलद्वार फर्कने, बेर्नाे निस्कने भनिन्छ । विकशित मुलुकमा यस्तो समस्या देखिनासाथै उपचारमा जाने भए पनि नेपाली समाजमा अझै पनि गुप्ताङ्गमा लाग्ने रोग भएकाले सुरुवाती चरणमै परीक्षण गराएको पाइदैन् । जसका कारण रोग क्रोनिक हुन्छ र विविध समस्या सृजना हुने गरेको छ । गुप्ताङ्गमा लाग्ने रोग मध्ये धेरैलाई देखिने प्रोल्याप्स् पनि हो । 

मुख्य कारण यस्ता छन्:

  • कमजोरी ।
  • मलद्वार वरीपरीको नशा लचिलो हुनु ।
  • मलद्वारमा संक्रमण हुनु ।
  • गोटा पर्नु । 
  • पायल्स हुनु  ।
  • दिसा गर्दा धेरै कन्नु, लामो समय बस्नु आदि ।

प्रोल्याप्सका लक्षण:

  • सुरुवाती चरणमा मलद्वार चिलाउने ।
  • रातो हुने ।
  • दिसा गर्दा दुख्ने हुन्छ ।
  • सुरु सुरुमा भए दिसा गर्दा मासुको ढल्लो बाहिर आए जस्तो हुने र फेरी भित्र जाने हुन्छ । तर, क्रोनिक भएसकेको छ भने मासुको ढल्लो भित्र नजाने हुन्छ ।
  • मलद्धार खुकुलो हुने हुँदा बाहिरी संक्रमण बढी हुन्छ । जसले गर्दा मलद्धारबाट पानी बग्ने, घाउ हुने हुन्छ । बेलैमा उपचार नगरे दीर्घकालमा क्यान्सर समेत हुन सक्छ । 

प्रोल्याप्सको समस्या यस्ता व्यक्तिलाई बढी 

हुनत प्रोल्याप्स जुनसुकै उमेर समुहका व्यक्तिमा देखिन सक्छ । तर, सामान्य तया बच्चा र वृद्धवृद्धामा बढी देखिन्छ । प्रोल्याप्स पनि कसैमा कहीलेकाही मात्र देखा पर्ने हुन्छ त कसैमा सधै भरी देखिने हुन्छ । बच्चा र वृद्धवृद्धामा रोग प्रतिरोधात्मक क्षमता कमी हुने, नसा एवंमा मांशपेसी कमजोर हुने, सन्तुलित भोजनको कमीले गर्दा पनि यो समस्या देखिन्छ । पुरुषको तुलानामा महिलामा यो समस्या बढी देखिन्छ । विशेषतः सुत्केरी हुँदा बढी बल पर्ने हुँदा प्रोल्याप्स देखिन्छ । 

यी कुरामा ध्यान दिने 

  • शरीरलाई आवश्यक पर्ने सन्तुलित खाना खाने ।
  • दिसा कब्जियत छ भने खुकुलो हुने औषधि दिने ।
  • दिसा गर्दा धेरै नकन्ने ।
  • मलद्वारमा सामान्य समस्या देखिए वा दिसा गर्दा कुनै अप्ठ्यारो भए तुरुन्त चिकित्सककोमा जाने । 

प्रोल्याप्सको उपचारमा आयुर्वेदिक पद्धति निकै प्रभावकारी मानिन्छ । रोग लागेको कति भएको छ कुन अवस्थामा पुगेको छ र बिरामीको अवस्था कस्तो छ सो हेरी उपचार पद्धति अबलम्बन गरिन्छ । आयुर्वेदिक पद्धति अनुसार यो उपचार गर्दा पुनः दोहोरिने सम्भावना न्यून रहन्छ । 
 

Last modified on 2019-03-04 07:15:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts