स्वास्थ्य सेवा प्रभावकारी बनाउन सम्झौता



Download our app to get more features

सिञ्जा, ९ पुस । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच कर्णाली प्रदेशको स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षालाई प्रभावकारी रुपमा विकास र विस्तार गर्न आइतबार सम्झौता गरिएको छ । 

प्रदेशका जिल्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत गुणस्तरीय विशेषज्ञ सेवा विस्तार गर्ने, आवश्यक जिल्लामा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने, अस्पताल प्रतिष्ठानद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमको शैक्षिक अभ्यास सञ्चालन गर्ने र स्वास्थ्य अनुसन्धानमूलक कार्यक्रम प्रदेशमा रहेका सम्पूर्ण स्वास्थ्य संस्थासँग सहकार्य गर्ने सम्झौता सम्पन्न भएको हो । 

सो अवसरमा सामाजिक विकासमन्त्री दल रावलले अब कर्णालीमा स्वास्थ्य र शिक्षामा आइपर्ने कठिनाइलाई सहज गर्नको लागि प्रदेश सरकार कटिबद्ध रहेको बताए । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts