गर्मीमा बालबच्चालाई भाइरल ज्वरोबाट कसरी जोगाउने ?



Download our app to get more features

मौसम परिवर्तनसँगै तपाईंका बालबालिकालाई पनि ज्वरो आउनसक्छ । ख्याल गरौं यस्तो अवस्थामा बालबच्चा भाइरल ज्वरोको उच्च जोखिममा हुन्छन् । बालबालिकाको शरीर भर्खरै विकास हँुदै गरेको अवस्थामा हुने भएकाले उनीहरुलाई जुनसुकै रोगले पनि छिटो समात्छ ।

सामान्यतया जाडो मौसममा भन्दा बढी गर्मिमा सरुवा रोगको प्रकोप हुने गर्छ । यो वर्षपनि बढ्दो गर्मीसँगै भाइरल ज्वरोको संक्रमण भएका बालबालिकालाई अभिभावकले अस्पताल ल्याउने क्रम बढेको छ । भाइरल ज्वरोलाई इन्फ्लुएन्जा रोग पनि भनिन्छ

यो सबै उमेर समुहका व्यक्तिमा सजिलै सर्ने रोग हो । तर, यसमध्ये पनि बालबालिका भाइरल ज्वरोबाट छिटो र धेरै प्रभावित हुन्छन् । अचानक प्रारम्भ हुने यो रोगको लक्षण भनेको एक सय २ डिग्री सेन्टग्रेड भन्दा बढीको ज्वरो आउनु, श्वासप्रश्वासमा संक्रमण हुनु, वाकवाकी लाग्नु, पेट मढारिनु, झाडापखाला लाग्नु, खोकी लाग्नु, नाकबाट पानी बगिरहनु हुन् । त्यस्तै बालबालिकामा पखाला लागेर जलवियोजन हुने खतरा पनि अधिक रहन्छ ।
भाइरल ज्वरो विषाणुका कारण सर्ने रोग हो । त्यसकारण यो रोगलाई चिकित्सकीय भाषामा इन्फ्लुएन्जा भाइरस भनिएको हो । इन्फ्लुएन्जा ए र बी भाइरसबाट यो रोग सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।
यसको संक्रमण भएका व्यक्तिले हाच्छ्यू गर्दा, खोक्दा, नाक मुखबाट निस्कने मसिना थुक, र्याल तथा सिँगानका कणहरुबाट अर्को व्यक्तिमा सर्छ । त्यस्तै संक्रमित व्यक्तिले प्रयोग गरेको रुमाल, टावेलको प्रयोग बालबालीकामा गर्दा पनि सजिलै यो रोग सर्छ ।
सरुवा रोग भएका कारण यसको रोकथाम र व्यवस्थापनमा आफैले ध्यान दिने हा । खोक्दा वा हाँच्छ्यू गर्दा रुमालको प्रयोग गर्ने, साबुन पानीले हात धोइरहने, कमसेकम संक्रमित व्यक्ति एक मिटरको दुरीमा बस्ने जस्ता व्यवहार अपनाउन सके भाइरल सर्ने सम्भावना कम हुन्छ ।

डा. मानन्धरसँग नविना कार्कीले गरेको कुराकानीमा आधारित

Last modified on 2016-08-15 13:46:25

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts