'तानसेनमा अब घरघरमा स्वास्थ्यकर्मी'



Download our app to get more features

पाल्पा, पुस १५ । तानसेन नगरपालिकाले जनताको स्वास्थ्य परीक्षण गर्न घरघरमा स्वास्थ्यकर्मी पठाउने भएको छ । वृद्धवृद्धा, गर्भवती तथा सुत्केरी महिला र फरक क्षमता भएका व्यक्तिहरुको नियमित स्वास्थ्य परीक्षण गर्न नगरपालिकाले घरघरमा स्वास्थ्य परीक्षण गराउन लागेको हो ।

तानसेन नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि हरेक घरमा स्वास्थ्यकर्मी पु¥याउन लागिएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै नगरपालिकाका प्रमुख अशोककुमार शाहीले नगरका वयोवृद्धा तथा गर्भवती, सुत्केरी र फरक क्षमता भएका महिलाहरुको नियमित स्वास्थ्य परीक्षण हुने बताए । उनी भन्छन्, ‘जनताको स्वास्थ्य सेवा सर्वसुलभ गर्ने कार्यमा नगर सरकारले योजना कार्यान्वयन गर्न लागेको हो । नगरपालिकाले स्वास्थ्य अभियानका लागि सबै तयारी पुरा गरेको छ ।’ ग्रामीण क्षेत्रबा स्वास्थ्य अभियान सुरु गरि क्रमश नगरका १४ वटै वडामा पु¥याउने प्रमुख शाहीले बताए । उनले अभियान कार्यान्वयनका लागि स्वास्थ्य सेवा निदेशिका समेत कार्यपालिकाबाट पारित गरी काम सुरु गरेको बताए । 

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किर्तनराज पौडेलले प्रत्येक १५ दिनमा वडा–वडामा गएर निशुल्क औषधी समेत दिने कार्य योजनालाई कार्यन्वयन गरिने बताए । अभियानका क्रममा अनुभवी बिशेषज्ञ डाक्टरबाट स्वास्थ्य परीक्षण गरिने पौडेलले बताए । अभियानको बिशेषज्ञ अभियानमा दुई डाक्टर सहित पाँच जनाको सहभागिता रहने तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्रीबहादुर रानाले जानकारी दिए । उनले यस वर्षको अभियानका लागि नगरपालिकाकाले १६ लाख बजेट विनियोजन गरेको समेत बताए । नगर भित्र सुत्केरीको संख्या १ हजार २ सय ६८, जेष्ठ नागरिक ३ हजार ८ सय ३० र फरक क्षमता भएकाहरुको संख्या ५ सय ३० रहेको छ ।
 

Last modified on 2018-12-30 14:34:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts