डा.केसीको १६ औं अनसन आजबाट इलाममा



Download our app to get more features

काठमाडौं, १८ पुष । चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने माग राखेका डा. गोविन्द केसी आजबाट १६ औं अनसन बस्न थालेका छन् ।

आफ्नो १६ औं अनसनका लागि डा.केसी मंगलबारै इलाम पुगिसकेका उनका सहयोगीहरुले बताएका छन् ।

१५ औं अनसनका बेला गत साउन १० गते सरकारले डा. केसीसँग गरेको सम्झौता अक्षरस कार्यान्वयन गर्न माग गर्दै उनी फेरि अनसन बस्न लागेका हुन् । 

सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको भर्ना अविलम्ब खोल्न, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनअनुसार दोषी ठहर देखिएका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्ती गर्न लगायतका माग अघि सार्दै डा.कसी अनसन बस्न थालेका हुन् । 

त्यस्तै उनले निर्मला पन्तको बलाकार बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन् । त्यस्तै प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउन पनि माग गरेका छन् ।

डा. केसीले संसदको शिक्षा तथा स्वास्थ्य समितिका तर्फबाट विधेयकलाई अघि बढाउन केही दिन लाग्ने भएकाले यस अघि घोषित अनशनलाई दुई सातापछि सारेर १७ गतेसम्मको अल्टिमेटम दिएका थिए । माग पुरा नभएका कारण आजबाट १६ अनसन बस्न उनी इलाममा छन् । 
 

Last modified on 2019-01-02 17:19:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts