सम्झौता विपरित चिकित्सा विधेयक ल्याउन खोजेपछि कांग्रेसका सांसदद्वारा विरोध

उपसमिति बैठक स्थगित



Download our app to get more features

काठमाडौं, १८ पुस । १५ औं अनसनका क्रममा डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौताविपरीत सत्तापक्षका सा‌ंसदले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक तोडमोड गरी शिक्षा तथा स्वास्थ्य उपसमितिमा पेश गरेपछि प्रतिपक्षका सांसदले विरोध गरेपछि बैठक स्थगित भएको छ । बुधबार बसेको उपसमितिको बैठकमा कांग्रेसका सांसदहरुले डा. केसीको सहमति हुबहु हुनुपर्ने भनेपछि बैठक स्थगित भएको हो।  
बैठकमा सत्तापक्षका सांसदले स‌ंशोधनसहितको विधेयक पेश गर्दै पारित गराउन खोजेका थिए।  पन्ध्रौं अनसनपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको सहमति विपरीत विधेयक संशोधन गर्न खोजेपछि बिरोध गरेको कांग्रेसका एक सांसदले बताए।  

केसीको माग बमोजिम काठमाडौंबाहिरका मेडिकल कलेजलाई सम्बन्धन नदिने र सिटिइभिटीका शैक्षिक कार्यक्रम राख्ने विषयमा सत्तापक्षका सांसदले संशोधन प्रस्ताव उपसमितिमा ल्याएका थिए। उपसमिति बैठक पुनः कहिले बस्ने टुंगो लागेको छैन। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक छिटो पारित गराउन माग गर्दै सरकारलाई अल्टिमेटम दिइरहेका केसी १६ औं सत्याग्रहको तयारीमा छन्। उनी १६ औं सत्याग्रहका लागि इलाम पुगिसकेका छन्।

यसैबीच, शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले विधेयकमा सहमति जुट्ने दावी गर्दै डा. केसीलाई तत्काल सत्याग्रह नथाल्न अनुरोध गरेकी छिन्।

Last modified on 2019-01-03 06:30:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts