आवश्यक्ता भन्दा बढि खाना किन खाने गर्छन् मानिस?



Download our app to get more features

शरिरलाई सन्तुलित आहारको आवश्यक्ता हुन्छ । मानिस स्वस्थ रहनका लागि सँधै स्वस्थ खाना तर्फ नै सचेत हुनुपर्छ । तर, कहिलेकाहीँ खाना खाने क्रममा तपाईं आवश्यक्ता भन्दा बढि खाना खानु हुन्छ । किनभने तपाईंलाई खाने क्रममा कुनै परिकारले निकै नै लोभ्याएको हुन सक्छ । तर, आवश्क्ता भन्दा बढि खाना किन खाइन्छ ? जानौं

हालै गरिएको एक अध्ययनमा खाना खानाले खाना खानाले मस्तिष्कलाई ३ वटा संकेत प्राप्त हुने गरेको कुरा उल्लेख गरिएको छ । दुई पटक जब खाना खान्छन् र एक पटक तब जब पेट सम्म खाना पुग्छ । 

मेटाबोलिज्म जर्नलमा प्रकाशित गरिएको यस अध्ययनमा मस्तिष्क र पाचन प्रक्रियाकोबीच गहिरो सम्बन्ध रहेको बताइएको छ । यसले के पत्ता लाग्छ भने कुनैपनि खानाको क्रेभिंग अर्थात् खाई रहौं जस्तो लाग्यो भने हामी त्यतिबेला आवश्यक्ता भन्दा बढि खान्छौं । तर, यस्तो किन हुन्छ ? हामी किन आवश्यक्ता भन्दा बढि खाने गर्छौ । 

खानाले मस्तिष्कमा तीन गुणा तिव्र गतिले डोपामाइन हार्मोन निस्कने कुरा पनि अध्ययनमा उल्लेख गरिएको छ । यो हार्मोनले मानिसलाई राम्रो अनुभव गराउने काम गर्छ । 

अध्ययनकर्ताका अनुसार एक नयाँ तरिका पोजिट्रान एमिशन टोमोग्राफीको विकास गरिएको छ । अध्ययनकर्ताले यो नयाँ तरिकाले डोपामाइन हार्मोन निस्कने कुराको बारेमा मात्रै जानकारी दिने मात्र होइत यसले मस्तिष्कको कुन भागमा डोपामाइन हार्मोन निस्कन्छ भन्ने पनि पत्ता लाग्ने बताएका छन् ।

अध्ययनका लागि १२ जना स्वस्थ मानिसलाई समावेश गराइएको थियो । अध्ययनका क्रममा १२ जनालाई स्वादिष्ट मिल्कशेक पिउन दिएर उनमा पोजिट्रान एमिशन टोमोग्राफी तरिका अपनाएर तथ्यांक रेकर्ड गरियो । पहिलो पटक मिल्क शेक खाएपछि मस्तिष्कको कुनै एक भागमा जति डोपामाइन हार्मोन निस्कियो त्यति नै मासिनले मिल्कशेक पिउनका लागि लोभिएको देखियो ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-01-03 09:10:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts