घाम तापेर बस्छन् जनस्वास्थ्यका कर्मचारी



Download our app to get more features

भक्तपुर, १९ पुस  । कामै नहुँदा जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीका दिन घाम तापेरै बित्ने गरेको छ ।उक्त कार्यालयको नाम र काम दुवै नभएपछि त्यहाँ कार्यरत १५ कर्मचारी घाम तापेरै बस्ने गरेको निमित्त प्रमुख पार्थमणि न्यौपानेले स्वीकारे । 

उनले भने, “कार्यालयमा बजेट पनि छैन, काम पनि छैन, भएका औषधि माग भएका ठाउँमा पठाएका छौँ, अरु जिम्मेवारी नभएपछि के गरेर बस्नु, हाजिर गर्ने र घाम तापेर बस्नुको विकल्प छैन ।”सरकारले ३५ डिभिजन कार्यालय र नौ जिल्ला कार्यालयलाई समेटेर ‘सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ स्वास्थ्य निर्देशालय काठमाडौँ’को नाम दिएपछि काठमाडौँ उपत्यकाका भित्रका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कार्यालय के हुने भन्ने अन्योलसमेत कर्मचारीमा छ । 

कर्मचारीका अनुसार अहिले जिल्ला जनस्वास्थ्य कार्यालयको नाम पनि छैन, काम पनि छैन, युनिट पनि छैन, दैनिक कामकाजका लागि ज्येष्ठ कर्मचारीलाई जिम्मेवारी दिने गरी न्यौपानेलाई निमित्त दिइएको छ, तर सबै अन्योल छ । 

स्थानीय सरकारका नाममा गत साउनदेखि प्रदेश र नगरपालिकालाई बजेटसहित कार्यक्रम गएपछि कार्यालयमा रहेका कर्मचारी कामविहीन भएका हुन् । कर्मचारीको अहिलेको काम  सामान सुरक्षा गर्ने, हाजिर गर्ने, नगरपालिकाले बोलाएका बखत प्राविधिक सहयोग गर्ने कामबाहेक कर्मचारीले केही गर्दैनन् । विगतमा कार्यालयले गर्दै आएको संस्था दर्ता तथा नवीकरणसमेत उक्त निर्देशनालयको जिम्मेवारीमा गएको छ भने अनुगमन तथा निरीक्षणको काम नगरपालिमा गएको छ । गत मङ्सिरसम्म कोष तथा लेखा नियन्त्रण कार्यालयले तलब खुवाएको बताउँदै कर्मचारी दैनिक प्रशासन चलाउन र पानी खानसमेत कार्यालयमा बजेट नभएपछि आफूहरूले नै पैसा उठाएर यसको जोहो गर्ने गरेको कर्मचारकिो गुनासो छ । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts