धादिङ जिप दुर्घटनाका घाइतेको ब्लु क्रसमा उपचार हुँदै  



Download our app to get more features

काठमाडौं, १९ पुस । धादिङमा मंगलबार भएको जिप दुर्घटनाका पाँच घाइतेको उपचार ब्लु क्रस अस्पतालमा भइरहेको छ । नेत्रावती गाउँपालिका–५ बिहारथोकमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएको थिए । 

अस्पताल ल्याएका पाँच मध्ये ३ जनालाई ७२ घण्टाको लागि आइसियुमा राखिएको छ । अरु २ जनालाई भने वार्डमा राखि उपचार गरि रहेको अस्पतालले जनाएको छ । आइसियुमा चार वर्षीय बालक सायन तामाङ, २५ वर्षीय रेसमाया तामाङ र ४२ वर्षीय सुसीमान तामाङ रहेका छन् । उनीहरु तीनै जनालाई मंगलबार बेलुकीबाट आइसियुमा राखेर उपचार गरिदै आएको अस्पतालले जनाएको छ । 

आइसियुमा रहेका बिरामीहरु अस्पतालका डाक्टरहरु डा. प्रज्वलमान श्रेष्ठ, डा. कृष्ण शर्मा, डा. अजय पराजुली, डा. प्रदिप गुप्ता, डा. अर्विन रावल, डा. अनिस र असिमको निगरानीमा छन् ।  

Last modified on 2019-01-03 15:13:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts