स्टार हस्पिटल र सिद्धार्थ बैँकबीच सहकार्यको सम्झौता



Download our app to get more features

काठमाडौं, २० पुस । ललितपुरमा रहेको स्टार हस्पिटल र सिद्धार्थ बैँकबीच सहकार्यको सम्झौता भएको छ । हस्पिटलका सिओओ डा. सन्देश जिसी र सिद्धार्थ बैँकका तर्पmबाट पेमेन्ट सोल्युसन प्रमुख शुरेस राज महर्जनले सहकार्य गर्ने विषयको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार स्टार हस्पिटलले सिद्धार्थ बैँकका कर्मचारी तथा कर्मचारीहरुको परिवार, सिद्धार्थ बैंकको उनो कार्ड भएका ग्राहक र ग्राहकका परिवार साथै डेबिट कार्ड वा व्रmेडिट कार्ड भएका बैँकका सेवाग्राहीलाई  हस्पिटलमा स्वास्थ्य जाँच तथा भर्ना भई उपचार गराउँदा आकर्षक छुट प्रदान गर्नेछ । छुट सुविधा प्राप्त गर्न सेवाग्राही तथा कर्मचारीहरुले बैंकको उनो कार्ड, डेविट कार्ड वा व्रmेडिट कार्ड मध्ये कुनै एक देखाउनु पर्ने अस्पतालका व्यवस्थापक हरि ढकालले बताए । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts