जाडोमा छाला सुख्खा भयो भने अपनाउनुस् यी ५ टिप्स



Download our app to get more features

जाडो मौसममा छाला सम्बन्धी अनेक समस्याले तपाईंलाई सताउन सक्छ । त्यसमध्येको एक हो जाडो मौसममा छाला सुक्खा हुनु । यस अवस्थामा छालालाई आवश्यक पोषणको खाँचो हुन्छ । छालालाई कोमल र मुलायम बनाईराख्नका लागि तपाईं विभिन्न उपायहरु अपनाउनुहुन्छ । तर, ग्लिसिरिनको मात्रै प्रयोगले तपाईंको छालामा निखार आउन सक्छ । ग्लिसिरीनको प्रयोग विभिन्न सौन्दर्य सामग्रीमा गरिएको हुन्छ । जस्तैः ब्यूटी क्रिम, मोइश्चराइजर, स्याम्पू र कन्डिश्नर । तपाईं लिप बामको साटो ग्लिसिरीनको प्रयोग गर्न सक्नुहुन्छ । यसले ओठलाई सुन्दर र मुलायम बनाउने काम गर्छ ।

जानौं ग्लिसिरीनको प्रयोगले तपाईंको सौन्दर्यता कसरी बढ्न सक्छ:

१. ग्लिसिरीन छालाको लागि एक उत्तम मोइश्चराइजर हो । नियमित छालामा ग्लिसिरीनको प्रयोग गर्नाले छाला मुलायम र ताजा रहन्छ ।

२. छालाको पीएच सन्तुलन बनाई राख्नका लागि ग्लिसिरीन निकै उपयोगि मानिन्छ । नियमित अनुहारमा यसको प्रयोगले तपाईंलाई घामबाट हुने हानिबाट जोगाउँछ । साथै छालालाई स्वस्थ र चम्किलो बनाइराख्छ । 

३. ग्लिसिरीनले छालालाई राम्रो बनाउने काम गर्नुको साथै यसले एक्जिमा र सायरोसिसको समस्यामा राहत दिलाउने काम पनि गर्छ ।

४. फाटेको कुरकुच्चामा नियमित ग्लिसिरीनले मसाज गर्नाले खुट्टा फाटेको निको हुन्छ । 

५. ग्लिसिरीनलाई मोइश्चराइजरको रूपमा पनि प्रयोग गर्न सकिन्छ । त्यसका लागि ग्लिसिरीन र गुलाब जललाई बराबर मात्रामा मिसाउने. र उक्त मिश्रण नियमित सुत्नुभन्दा पहिले आफ्नो अनुहारमा लगाउने । विहान उठेर पानीले मुख धुने । यसो गर्नाले तपाईंको अनुहारको सौन्दर्यता बढेर जान्छ र अनुहारमा प्राकृतिक चमक पनि आउँछ । 

 

(सौन्दर्य विज्ञ सरिता शर्मा)
 

Last modified on 2019-01-07 13:29:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts