पहिलो राष्ट्रिय रक्तदाता दिवस मनाइयो

What's This?


Download our app to get more features

काठमाण्डौ, २२ फागुन ।  नेपालका प्रथम स्वयंसेवी रक्तदाता परोपकार संस्थाका संस्थापक दयावीर सिंह कंसाकारले पहिलो पटक रक्तदान गरेको सम्झनामा आज पहिलो राष्ट्रिय रक्तदाता दिवस मनाइएको छ ।
देशभरीका स्वयंसेवी रक्तदाता समूहहरुको छाता संगठन ब्लड डोनर्स एशोसियसन अफ नेपाल (ब्लोदान)ले पहिलोपटक दिवस मनाएको हो । मारवाडी सेवा समितिमा आयोजित कार्यक्रममा स्वयंसेवी रक्तदाता सहभागी भए ।  सो अवसरमा नेपालमा रक्तदान गर्ने पहिलो पुस्ताका व्यक्तिहरुलाई मरणोपरान्त सम्मान गरियो । ब्लोदानले पहिलो रक्तदाता दयावीर सिंह कंसाकार, पहिलो महिला रक्तदाता तारादेवी तुलाधर र पहिलो नेगेटिभ समूहका रक्तदाता रामेश्वर प्रसाद श्रेष्ठ र धेरैपटक रक्तदान गर्ने डाक्टर आनन्दकुमार श्रेष्ठलाई मरणोपरान्त सम्मान गरेको छ । त्यस्तै धेरै पटक रक्तदान गर्ने नीता घिराइयालाई सेन्चुरियन ब्लड डोनर अवार्डबाट सम्मान गरिएको छ ।
कार्यक्रममा ब्लड डोनर्स एशोसियसन अध्यक्ष महेन्द्रविलास श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका सहसचिव गुणराज लोहनी, सञ्चार उद्यमी भाष्करराज राजकर्णिकार लगायत हुनुहुन्थ्यो ।  

 

 

Last modified on 2016-03-05 17:34:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts